एनआरएनए क्यानडाको औपचारिक कार्यभार हस्तान्तरण, बिभिन्न समितिहरुमा पदपूर्ति ।

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

राजु थापा, एमखवर क्यानडा ।

१२ अगष्ट, २०१९

गैरआवासीय नेपाली संघ क्यानडाका नवनियूक्त पदाधिकारीहरुले आईतवार सेप्टेम्वर ८ तारिख देखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्लेले नवनियूक्त अध्यक्ष चिरन्जिवि घिमिरे र महासचिव पिताम्वर भट्टराईलाई संयूक्त रूपमा माईनुट लगायत सम्पूर्ण कागजातहरु हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रम पश्चात बसेको नयाँ कार्यसमितिको बैठकले बिभिन्न समितिका संयोजकहरु ल्गायत सल्लाहकारको नियुक्ति गरेको छ ।  नियूक्ति हुनेहरुमा स्वास्थ्य संयोजकमा सुरेश गौतम, मिडिया संयोजकमा पत्रकार बद्री तिमल्सिना, पर्यटन समिति संयोजकमा प्रदिप मरहठ्ठा, आर्थिक समितिको संयोजकमा ब्यवसायी अमृतो भट्टराई रहेका छन् भने कानुनी सल्लाहकारमा यसअघिकै अधिबक्ता अतुल सुवेदीलाइनै निरन्तरता दिएकाे छ ।

पहिलेनै यूवा संयोजकमा ईश्वर खत्री र महिला संयोजकमा सुजाता गुरुगं मनोनित भैसकेका छन् । अटावा क्षेत्र बाट सन्तोष बराल र पश्चिम अन्टारियो बाट रबिन्द्र घिसिगं मनोनित समेत गरि जिम्मेवारी समेत तोकेको छ भने अन्तराष्ट्यि समन्वय समिति (आई सी सी) मा भूतपूर्व अध्यक्ष तुलसी सापकोटा र निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्ले रहेका छन् ।

एनआरएनए क्यानडाको निर्वाचन गत महिना अगष्ट १० तारिख सम्पन्न भएको थियो भने अगष्ट १७ मा भएकाे १२औ राष्ट्यि अधिबेश बाट अध्यक्षमा चिरन घिमिरे र महासचिवमा ब्रामटन बाट पिताम्वर भट्टराई सहित नयाँ कार्य समिति चुनिसकिएकाे छ ।

अबकाे सबैको ध्यान यहि आउदो अक्टोवर १५,१६ र १७ मा नेपालमा हुन गैरहेको गैरआवासीय नेपाली संघको बिश्व सम्मेलनका लागि हुदैछ । उक्त सम्मेलनमा क्यानडा बाट १२८ जनाले सहभागिता जनाउन पाउने भएका छन् । सो का लागि एनआरएनए क्यानडाले छिट्टैनै आवेदन खोल्ने तयारी गरिरहेको बुझिएको छ ।