एनआरएनए क्यानडाको चुनावी माहोल संगै बर्तमान नेतृत्व प्रति मानव तस्करको आरोप, नेतृत्वको गम्भिर ध्यानाकर्षण सहित कानुनी प्रकृया शुरु ।

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समन्वय परिषदको नऔं बिश्व सम्मेलन आउदो अक्टोबर १३, १४ र १५ तारिख नेपालमा हुदैछ । त्यसका लागि बिश्व भरि रहेका राष्ट्यि समन्वय परिषदको अधिबेशन सम्पन्न गरिसक्नु पर्ने हुन्छ । यसैक्रममा आगामी अगष्ट १० मा एनआरएनए क्यानडाको निर्वाचन सहित अगष्ट १७ तारिख अधिबेशन हुदैछ । निर्वाचन र अधिबेशन जति जति नजिकिदैछ, त्यतिनै चुनावी माहोल संगै बर्तमान नेतृत्व प्रति केहि सामाजीक संजालमा प्रकाशित समाचारलाई लिएर आरोप प्रत्यारोप शुरु भएको छ ।

यसैक्रममा एनआरएनए क्यानडाका बर्तमान अध्यक्ष गापिकृष्ण काफ्ले र महासचिव चिरन्जिवी घिमिरेले मानव तस्करि दलाल संग मोटो रकम लिई संस्थाको लेटरप्याड बेचेको आरोप सहितको अनलाईन न्यूज पोर्टल देशान्तर न्यूज डटकमको जुलाई २९, २०१९ मा प्रकाशित समाचार बाहिर आए पछि उक्त आरोप प्रत्यारोप सुरु भएको हो ।

एनआरएनए क्यानडाले तुरुन्तै प्रेश बक्तब्य मार्फत गम्भिर ध्यानाकर्षण गराएको छ । अध्यक्ष र महासचिवलाई मानव तस्करीमा मुछेर आसन्न एनआरएनए क्यानडाको चुनावलाई प्रभावित पार्न गरिएको नियोजित षडयन्त्रको छानविन गर्ने र कानुनी उपचारको लागि अगाडि बढेको जानकारी गराएको छ । साथै त्यस्ता गतिबिधि गरेको प्रमाण ल्याउन चुनौति दिदै प्रमाणित भएमा जुनसुकै किसिमको सजाय भोग्न अध्यक्ष र महासचिव तयार रहेको समेत उल्लेख गरेको छ ।

देसान्तर न्यूज डटकमले समान्य समाचार संप्रेषणको आधारभूत कुरा समेत पुरा नगरि राजनैतिक आस्थाको आधारमा गरिएको खेल हो भनि बक्तब्यमा उल्लेख गरिएको छ ।  साथै यस्ता भ्रामक समाचार प्रति देशान्तर न्यूज डटकमले माफि माग्दै खण्डन गर्न समेत अनुरोध गरेका छन् ।

अध्यक्ष र महासचिवको नामबाट प्रकाशित गम्भिर ध्यानकर्षण पत्रको बोधार्थ गैरआवाशीय नेपाली संघ अन्तराष्ट्यि समन्वय समिति, नेपाल प्रेश काउन्सिल, नेपाल प्रहरि साईवर क्राईम, सूचना तथा संचार मन्त्रालय र देशान्तर न्यूज डटकमलाई पठाएको छ ।