एनआरएनए क्यानडाको बार्षिक साधारण सभा बिबादमा ।

NRNA क्यानडा विशेष प्रवास

एमखवर सम्वाददाता, क्यानडा । गत शनिवार डिसेम्वर,१९ मा सम्पन्न एनआरएनए एनसिसि क्यानडाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहान ११ बजे बाट भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा सदस्यहरुलाई सहभागिताको लागि पठाईएको जुम लिंकनै फरक भएकोले कयौं सदस्यहरुले लामो समय सम्म सहभागिता जनाउन सकेनन् । पछि सामाजीक संजालमा बिरोध भएपछि सहि लिंक पठाईएको थियो ।

दिउसो ३ बजे देखि बन्द सत्र तय गरिएको थियो । उक्त कार्यक्रममा कुनै पनि सदस्यहरुलाई बोल्नै नदिई एकतर्फि आफ्नो माईकमात्र खोली निर्णय सुनाई समाप्त गरिएको भन्दै चर्को बिरोध हुन थालेको छ । साथै साधारण सभा हुनु अघि सम्पूर्ण सदस्यहरुलाई २१ दिन अगावै पठाउनु पर्ने आर्थिक बिबरण, कार्य र नियम परिबर्तन प्रतिबेदन समेत नपठाई अबैधानिक रुपमा गलत तरिका बाट चलाएको भन्ने आरोप पनि लागेको छ । कुनै पनि निर्णय गर्दा साधारण सभामा उपस्थित सदस्यहरुले आफ्नो राय राख्न पाउनु पर्ने र त्यसमा छलफल गरि बिबाद भए भोटिंग तरिकाबाट निर्णय लिनु पर्ने हुन्छ तर त्यसो नभएकोले आपत्ति जनाईएको छ । यसको साथसाथै बिशेष साधारण सभाको समेत माग हुन थालेको छ ।

एनआरएनए क्यानडाले अझै बार्षिक साधारण सभाबाट गरिएको निर्णय सार्वजनीक गर्न गरेको छैन । 

बिदेशमा रहेका करिब ८० लाख प्रवासी नेपालीहरुको विशुद्ध साझा संथा केहि बर्षदेखि नेपाली राजनीतिक आस्था र गुटबन्दिका कारण बिबादित हुदै आफ्नो साख गिराउने तर्फ उन्मुख हुन थाल्दा एनआरएनए क्यानडा पनि त्यसबाट अछुतो नरहेको सामाजीक संजाल मार्फत प्रष्ट देखिन्छ ।

एनआरएनए क्यानडाका पूर्व अध्यक्ष अनिल थापाले त आफ्नो फेसबुक स्टाटसमा बार्षिक साधारण सभा बिफल भएको भनि हालेका छन् ।