एनआरएनए क्यानडाको राष्टि्य अधिबेशन अगष्ट १७ मा

NRNA क्यानडा विशेष

गैरआवासीय नेपाली संघ क्यानडाको १२औ राष्ट्यि अधिबेशन अगष्ट १७ शनिवारका दिन 15 Gervais Drive, टोरोन्टोमा हुदै छ । उक्त अधिबेशनमा सहभागि हुन एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, डिआरसी नबिन शेरचन, केशव पाैडेल लगायतको उपस्थिति हुनेछ ।

आज साँझ अतिथिहरुको स्वागत लगायत नवनिर्बाचित प्रतिनिधिहरु संग 8917 The Gore Rd. Brampton मा बेलुका ७.३० बजे भेटघाट कार्यक्रमको आयोजना गरिएको जानकारी ICC सदस्य अभिमन्यू बस्नेतले सामाजीक संजाल मार्फत जानकारी गराएका छन् ।

भोलि हुने राष्ट्यि अधिबेशनले एनआरएनए क्यानडाको नयाँ नेतृत्व सहित दुइ बर्षे नयाँ कार्य समितिको गठन गर्ने छ । गत साता १० तारिख चन्द्र राइ को नेतृत्वमा क्यानडा भरि निर्बाचन सम्पन्न भएको थियो ।