एनआरएनए क्यानडाको राष्ट्यि समन्वय परिषदको अधिबेशन जुलाई ३१ मा ।

community NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

राजु थापा, एमखवर क्यानडा । जुलाइ २७, २०२१ । गैरआवासीय नेपाली संघ क्यानडाको राष्ट्यि समन्वय परिषदको अधिबेशन यहि जुलाईको ३१ तारिख शनिवार हुदैछ । शनिवार हुने उक्त राष्ट्यि अधिबेशन बाट एनआरएनए क्यानडले नयाँ नेतृत्वको चयन गर्ने छ । क्यानडाको १३ क्षेत्रबाट करिव १९ जना सदस्यको लागि हुने निर्वाचनका लागि करिव ३४ जनाले प्रतिष्र्पधा गर्दै छ । जसमध्ये सास्काच्वन बाट बिनोद कुमार सुबेदी, राजधानी अटवा बाट अनुप सुबेदी र क्यूबेक बाट प्रमेस गुप्ता निर्बिरोध भैसकेका छन् भने अब बाँकि १० क्षेत्र बाट १६ सिटका लागि ३१ उम्मेदवार बिच प्रतिष्पर्धा हुदैछ ।

अब प्रतिष्पर्धा हुने क्षेत्रहरुमा ब्रिटिस कोलम्बियामा १ सिटका लागि मीनु दाहाल र राजु भट्टराई, क्यालगरीमा २ सिटका लागि बाबुराम बानियाँ, सम्राट थापा र तुल्सी पौडेल, एडमन्टनको २ सिटका लागि भुवन खरेल, लक्ष्मण अधिकारी, मधुसुदन पाण्डे र पिता नाथ पौडेल, मनिटवामा १ सिटका लागि देबेन्द्र मणि उपाध्याय र कृष्ण न्यौपाने बिच प्रतिष्पर्धा हुदैछ । त्यसैगरि वेश्टर्न अन्टारियो लण्डन, गुयल्फ, किचनर, वाटरलु बाट १ प्रतिनिधित्वका लागि दिपक सापकोटा र कालीका प्रशाद भण्डारी । मिसिसागाको २ सिटका लागि बिरेन्द्र रावत, सन्तोष पराजुली र सोम बहादुर गुरुंग । ब्रामटन क्षेत्रबाट ३ जना प्रतिनिधिको लागि अम्बिका पन्थी ज्ञवाली, भुमिराज घिमिरे, दिपक दत्त गौतम, पिताम्बर भट्टराई, रमेश प्रशाद धिताल र संगिता जिसी बिच प्रतिष्पर्धा हुने भएको छ भने टोरोन्टोको २ स्थानको लागि बिमल मान बस्नेत, गोपाल प्रशाद भण्डारी, शैलेन्द्र चापागाँइ र सुनीता केसी प्रतिष्पर्धामा छन् । त्यसैगरि स्कारब्रो क्षेत्रमा २ सिटका लागि मन्जु अर्याल, रबिन्द्र घिमिरे, राजेन्द्र पोख्रेल, रमेश कुमार प्रशाइँ र यम बहादुर खत्री बिच प्रतिष्पर्धा हुदैछ ।

निर्बाचन निश्पक्ष र सफल बनाउन डा.ज्ञानेन्द्र पोख्रेललाई प्रमुख निर्वाचन अधिकारी सहित डा. बिनोद पंगेनीलाई उप प्रमुख निर्वाचन अधिकारी र दिपेन रावत क्षेत्रीलाई सदस्य सचिव मनोनयन गरिएको छ । त्यसैगरि बिभिन्न क्षेत्रका लागि निर्बाचन अधिकृतहरुमा ढुन्डी खनाल ब्रामटन । कृष्ण तिमल्सिना मिसिसागा । गोपाल कोइराला टोरोन्टो । भोला पौडेल स्कारब्रोका लागि र त्यसैगरि अन्य क्षेत्रहरु मनिटवामा डा. परुशोत्तम सिंह, क्यालगरिमा नारायण पोख्रेल, यडमन्टनमा रबिन्द्र फुयाँल, ब्रिटिस कोलम्बियामा अबि शर्मा, वेश्टर्न अन्टारियोमा डा.टंक खनाल लाई तोकिएको छ ।

क्यानडामा नेपालीहरु दिनानुदिन बढ्दै गैरहेको र करिव ५० हजार भन्दा बढिको संख्यामा रहेको अनुमान गरिए पनि पनि एनआरएनएको सदस्यता भने करिव ४८०६ जनाले मात्र लिएको देखिन्छ ।

एनआरएनएमा केहि बर्ष देखि देखिएको नेपाली राजनितिको प्रभाव र ठोस निति तर्जुमा बिपरित भैरहेको गतिबिधिले आम आप्रबासी नेपाली समूदायमा बितृष्णा उत्पन्न गराइरहेको र त्यसको प्रभाव क्यानडामा पनि स्पस्ट देखिएको छ । अबका दिनमा गैरआवासीय नेपाली संघले आप्रबासी नेपालीहरुको भावनालाई आत्मसात गर्दै अगाडि नबढे यस्को अस्तित्व र संस्था प्रतिको बिश्वास घट्दै जाने निश्चित छ । त्यसैले समयमै केन्द्रिय नेतृत्वले ध्यान दिदै अगाडि बढ्नु अपरिहार्य भैसकेको बुझ्न सकिन्छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशन आगामी अक्टोबर २३–२५, २०२१ मा काठमाडौंमा गर्ने निर्णय भएको छ।