एनआरएनए क्यानडाको सम्पर्क कार्यालय टोरोण्टोको स्कारब्रोमा ।

NRNA क्यानडा विशेष

क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाले क्यानडामा बस्ने नेपालीहरूको सहजताका लागि एनआरएनए क्यानडा संग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । उक्त कुरा गैरआवासीय नेपाली संघ क्यानडाले सम्पर्क कार्यालय टोरोन्टोको स्कारब्रोमा खोलीएको अबसरमा बताएका हुन् ।

नवगठित कार्यसमितिले नेपाली समूदायलाई लक्षित गरि पहिलो शुभारम्भनै सम्पर्क कार्यालय बाट गरेको छ । एनआरएनए क्यानडाका नव निवार्चित अध्यक्ष चिरन्जिवि घिमिरेले सहित अन्य पदाधिकारीहरू बिच क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगाना र अवैतनिक महावाणिज्यदूत अनरी डा.कुन्जर शर्मा द्वारा संयूक्त रुपमा उद्घाटन गरेका छन् ।

सन् २००७ मा एनआरएनए क्यानडाको स्थापना भए यता आधिकारीक सम्पर्क कार्यालय नहुदां अध्यक्षको घरै बाट सम्पूर्ण कामकाज संचालन हुदै आएको थियो । जिटिए भित्र नेपालीहरुको संख्या बढिरहेको र सामाजीक कृयाकलापहरु पनि भैरहने कारण कार्यालयको स्थापना अपरिहार्य रहेको आवाज उठिरहेको अबस्थामा एनआरएनए क्यानडाको टोरोन्टो र स्कारब्रो सम्पर्क कार्यालय स्थापनाले एनआरएनए क्यानडाको भावि कार्य प्रति नेपालीहरु अझ उत्साहित रहेका देखिन्छन् र अन्य क्षेत्रमा समेत सम्पर्क कार्यालयको स्थापना हुन सक्ने संकेत देखिएको छ । कार्यक्रममा जिटिए भित्र रहेका विभिन्न संघ संथाका प्रतिनिधिहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।