एनआरएनए क्यानडाको साधारण सदस्यता आबेदन आज बाट खुल्ला:

NRNA क्यानडा विशेष प्रवास

राजु थापा, ग्रेटर टाेराेन्टाे । २२ अप्रिल, २०२१ । गैर आवासीय नेपाली संघ क्यानडाले साधारण सदस्यता खुला गरेको छ । सदस्यता लिनका लागि सम्पूर्ण क्यानडाबासी नेपाली समूदायका सदस्यहरुमा एनआरएनए क्यानडाले अपिल गरेको छ । उक्त जानकारी आज प्रेश बक्तब्य मार्फत गराएको हाे । साधारण सदस्यता आउदो ‘मे’ महिनाको अन्त्य सम्म लिनका लागि मिति निर्धारण गरेको छ । सदस्यता लिने क्रममा ब्यक्तिगत विवरणहरु गैर आवासीय नेपाली संघको डाटाबेसमा व्यक्तिगत गोप्यताको अधिकार सम्बन्धि कानून अनुसार सुरक्षित रहने बिज्ञप्तीमा जनाईएको छ । साधारण सदस्यता शुल्क दुई बर्षको लागि मान्य हुने गरेर क्यानेडियन १५ डलर निर्धारण गरिएको छ भने एनआरएनए क्यानडाको आउदो निर्वाचन तथा महाधिबेशनको जानकारी भने पछि गराउने उल्लेख छ ।
अन्य बृष्तृत जानकारी चाहिएमा ईमेल info@nrnacanada.org वा टोल फ्री नम्बर1-800-627-9026 मा सिधै सम्पर्क गर्न सकिने छ । साथै सदस्यता लिनको लागि तलको लिंक दिईएको छ ।