एनआरएनए क्यानडाले भारतीय दुताबासहरु अगाडि आज बिरोध गर्दै, सबै नेपाली समूदायलाई सहभागिताको लागि आग्रह ।

Events क्यानडा विशेष नेपाल समाचार

शेयर गर्नु होस ।

राजु थापा, एमखवर डटकम

डिसेम्वर १२, २०१९

एनआरएनए क्यानडाले आज डिसेम्वर १२ बिहिवार क्यानडाको टोरोन्टो, अटावा र ब्रिटिस कोलम्वियामा रहेका भारतीय दुतावास र कन्सुलेट अफिस अगाडि बिरोध कार्यक्रमको आयोजना गर्दै छ ।

भारतले आफ्नो नक्सामा कालापानी नेपाली भूमि राखेर सार्वजनिक भए पछि सर्बत्र बिरोध हुदै आईरहेको छ । नेपालीहरुको सार्वभौम सत्ता र राष्ट्बाद प्रति समर्पित हुदै त्यस्ता अन्याय बिरुद्ध क्यानडा बासी सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरुमा आफ्नो पायक पर्ने क्षेत्रमा आज हुन गैरहेको बिरोध कार्यक्रममा सहभागि हुन हार्दिक अनुरोध गरेको छ ।