एनआरएनए क्यानडा खेलकुद सप्ताह सम्पन्न

क्यानडा विशेष

राजु थापा, टोरोन्टो ।

१८ फेब्रुअरि, २०१९

एनआरए क्यानडाले यहि फेब्रुअरि १६ र १७ मा आयोजना गरेको खेलकुद सप्ताह सम्पन्न भएको छ । क्यानडाको ६ वटा शहरहरु गे्रटर टोरोन्टो, भ्यान्कुभर, स्यासक्याटुन, क्याल्गरि, ओटावा र एडमन्टनमा पहिलो पटक सप्ताहको रुपमा आयोजना गरेको खेलकुद गतिविधिमा भलिवल, ब्याडमेन्टन, फुटबल, टग अफ वार, दौड, चेस, क्यारेम्बोर्ड, टेबल टेनिस लगायतका खेल समावेश गरिएको थियो ।

१७ तारिख टोरोन्टोमा आयोजना गरिएको भलिबल प्रतियोगितामा लालिगुँरास स्पोर्टस क्लव मिसिसागा प्रथम भै सिल्ड प्राप्त गरेको छ । अल्ट्रा स्पोर्टस सेन्टर टोरोन्टोमा आयोजना गरिएको भलिवल प्रतियोगिताको फाईनल खेलमा Proviron review Gaining Proviron pills and losing fat at the same time is possible and we tell you how to do it Full लालिगुँरास क्लवले टोरोन्टो एनएससी टिमलाई हराई प्रथम भएको हो । राेमान्चक भलिबल प्रतियाेगिताकाे रेफ्रि राजकुमार चाैहानले गरेका थिए ।

खेलको समाप्ति पछि साँझ प्याटियो हलमा प्रमाणपत्र, सिल्ड बितरणका साथै सांगेतिक कार्यक्रमको आयोजना गरिएको थियो । बिजयी टिम तथा खेलाडीहरुलाई एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले सिल्ड तथा प्रमाणपत्र बितरण गरेका छन् । एनआरएनए क्यानडा स्पोर्टस् वीक २०१९ नाम दिईएको उक्त कार्यक्रम पाण्डु श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो ।