एनआरएनए क्यानडा द्वारा कोभिड- १९ आकस्मिक कोष सम्बन्धि जानकारी ।

NRNA

एमखवर न्यूज डेस्क, क्यानडा । ११ मे, २०२० ।

एन आर एन क्यानडाले क्यानडामा बसोबास गर्ने नेपाली समुदाय तथा नेपाली संघ-सस्थाहरु, क्यानाडा स्थित नेपाली राजदुताबास तथा अबैतनिक महाबाणिज्य दुताबासहरुको सहयोगमा खडा गरेकाे आकस्मिक कोष लाइ निरन्तरता राखिनै रहने जनाएकाे छ ।

क्यानाडा स्थित समस्यामा परेका बिभिन्न क्षेत्रका नेपालीहरुलाइ सहयोग गर्ने हेतुले खडा गरेको आकस्मिक कोषमा अप्रिल २९ तारिख सम्म CAD $19,905.00 जम्मा भएकाे (नेपालि राजदुताबास अटोवाले चेक मार्फत CAD $2000.00 र HelpingHands Without Border ले Cad $ 555.00 उपलब्ध गराईसकेको हुनाले वेब साईडमा नदेखिएकाे ) र अबैतनिक माहाबाणिज्य दुत (टोरोन्टो) डा. कुन्जर शर्मा बाट CAD $ 10,000 र Approval Genie का CEO तथा प्रेसिडेन्ट आशिश भट्टराइ बाट CAD $5,000 प्रतिबद्धता भएको जानकारी समेत गराएकाे छ । उक्त राहत कोषमा जम्मा भएको रकम तथा रकमदाताहरुको बिबरण एन आर एन क्यानडाले आफ्नाे वेब पेजमा राखेकाे छ भने केही दिनमा आम्दानी र खर्चको पुर्ण बिबरण प्रस्तुत गर्ने जानकारि कोषाध्यक्ष सरोज भट्टराई र प्रबक्ता दिनेश खतिवडाले एनआरएनएकाे फेसबुक मार्फत जानकारी गराएका छन् ।


बिश्वब्यापि महामारीकाे सङ्कट सामनाका लागि आर्थिक सहयोग गर्ने सम्पुर्ण चन्दादाता/ संघ-सस्थाहरु एबं स्वयं सेवकहरू प्रति आभार सहित धन्यबाद प्रकट गरेकाे छ भने अझै सहयोग गर्न चाहनु हुने अभियन्ताहरूका लागि एनआरएनए क्यानडाकाे वेबसाइड मार्फत गर्न सक्ने जानकारी समेत गराएकाे छ ।