एनआरएनए क्यानाडाको बार्षिक साधारण सभा डिसेम्बर १९ मा हुने !

NRNA क्यानडा विशेष प्रवास

एमखबर डेस्क, क्यानाडा। २१ अक्टोबर २०२०। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको बार्षिक साधारण सभा डिसेम्बर १९ मा हुनेभएको छ।

अक्टोवर १८ मा बसेको कार्यसमितिको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। कोरोना महामारीको प्रकोपको कारण यस पटकको साधारण सभा भर्चुअल रुपमा नै आयोजना गरिने भएको छ। 

बैठकले साधारण सभामा भाग लिन पञ्जीकृत सदस्य तथा आजीवन सदस्यहरुलाई निःशुल्क गर्ने निर्णय पनि गरेको र अब छिट्टै नै संस्थाको आजीवन सदस्यता खुलाउने पनि जनाएको छ। त्यसका लागि केही दिनमै रजिस्ट्रेशनको प्रक्रिया अगाडि बढाइने संघका महासचिव पिताम्बर भट्टराईले बताउनु भएको छ।  

बैठकमा आइसीसी प्रतिनिधि तथा पूर्व अध्यक्षद्वय गोपीकृष्ण काफ्ले र तुलसीप्रसाद सापकोटा, मानर्थ सदस्यहरु ढुण्डीराज पाण्डे र अभिमन्यु बस्नेतलगायतको सहभागिता थियो।