एनआरएन क्यानडाको साधारण सभा अगष्टमा, सदस्यता दर्ता प्रकृया अन्याैलमा ।

NRNA क्यानडा विशेष

एनआरएनए क्यानडा राष्ट्यि समन्वय परिषदको अधिबेशन यहि अगष्टमा जिटिएको ब्रामटन शहरमा हुदैछ । अधिबेशन नजिकिदै गर्दा ब्यक्तिगत उम्मेदवारी घोषणा देखि सदस्यता लिनको लागि एनआरएन क्यानडाले यहि मे १५ सम्मको समय सिमा निर्धारण गरेर सूचना जारि गरेको छ ।

सदस्यता लिनको लागि केन्द्रले अनलाईन मार्फत नयाँ तरिका बाट सदस्यता खुल्ला गरेको छ । यो तरिका अलि झन्झटिलो, सदस्यता बन्ने समय सिमा छोटो भएको र आजिबन सदस्यता शुल्क बढाईएको भनेर बिरोध पनि भैरहेको छ । नयाँ सदस्यता बन्नको लागि साधारण सदस्यको लागि क्यानेडियन डलर १५, आजिबन सदस्यताको लागि क्यानेडियन डलर ५०० र संथागत सदस्यताको लागि क्यानेडियन डलर २५ निर्धारण गरिएको छ ।

साधारण सभा नजिकिदै र सदस्यता लिने समय सिमा केहि दिन मात्र बाँकि रहदाँ सदस्यता बन्न ईच्छुकहरुले सदस्यता दर्ता गरिरहदा दर्ता प्रकृयामा समस्या आईरहेको छ तर सम्बन्धित निकायले सो सम्बन्धि अध्ययन methenolone enanthate buy in usa legally the best र चासो दिएको पाईदैन ।

उता एनआरएनको नेतृत्व र बोर्डमा जानका लागि भने बिभिन्न क्षेत्रबाट प्रतिनिधित्वका लागि आकांक्षिहरुको संख्या र उम्मेदवारी घोषणा लगायत गुट उपगुट भने हुन थालेको छ । यदि क्यानडामा नेपाली समाजकाे बिकाश र बिस्तार गर्ने हाे भने सबैले गुट उपगुट छाेडेर सामाजीक अभियन्ताकाे हैसियतमा अगाडि अउनु जरूरी छ । अन्यथा एनआरएन सबैकाे साझा संथा नभै कुनै पार्टिकाे भातृ संथा नहाेस् र नबनाइयाेस् । क्यानडामा बस्ने सबै नेपाली समूदायका सदस्यहरूकाे भाबनाकाे कदर हुने वातावरण बनाेस् भन्ने सबेकाे एकै स्वर रहेकाे पाइन्छ ।सम्बन्धित निकायको यथासिध्र समस्या समाधानमा ध्यान जाओस् र अगष्टमा हुने साधारण सभा सफलताका साथ सम्पन्न गर्नमा सबै क्यानडाबासी नेपाली समूदाय एक हुनु जरुरी देखिएको छ ।