एनआरएन क्यानडामा प्रत्यक्ष निर्वाचन प्रणाली किन ?

क्यानडा विशेष प्रवास

दिपक गौतम, ब्राम्प्टन । डिसेम्वर १२, २०२० । नेपालीहरुका लागि नेपाली भन्ने एन आर एन ए को पवित्र मर्म र यसको ब्यवहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्ने बहस यसको प्रारम्भसंगै चलेको हो र आज पर्यन्त पनि छ। कुनै पनि संस्था तब मात्रै बलियो हुन्छ जब यो आफ्नो तल्लो तह सम्म प्रत्यक्ष रुपमा जोडिन पुग्छ मतलव जवाफदेही हुन्छ। आफ्ना हरेक साधारण सदस्यहरु सम्म प्रत्यक्षरुपले जोडिएको सबल, सक्षम, पार्दर्शी र जवाफदेही एनआरएन निर्माण गर्न आशन्न वार्सिक सधारण सभा केन्द्रित रहोस् भन्ने धेरै साधारण सदस्यहरुको अपेक्षा छ । यसैसन्दर्भमा बलियो एनआरएन क्यानडा निर्माणमा प्रत्यक्ष निर्वाचन प्रणाली नै किन ? भन्ने विषयमा बुदागत रुपमा थप प्रष्ट पार्न चाहन्छु।

१) सवल र सक्षम नेतृत्व चयनको सम्भावना बढाउन: निर्वाचन प्रणालिको अधिकतम उत्कृष्टता भनेको नै शवल र सक्षम नेतृत्वको छनौटसंग जोडिएको हुन्छ । कुनै निर्वाचन प्रणालिलाई उत्कृष्ट किन भनिन्छ भने त्यसले सवल र सक्षम नेतृत्व चयन हुने सम्भावनालाइ कत्तिको प्रश्रय दिन्छ त ? उदाहरणका लागी एनआरएन क्यानडाको बर्तमान निर्वाचन प्रणालिमा १७ जनाले मात्र अध्यक्ष चयन गर्न पाउछन, तर प्रत्यक्ष निर्वाचन प्रणालीमा त ३ हजार जनाले मतहाल्न पाउछन् -गत निर्वाचनका मतदाताका आधारमा)। निश्चय पनि ठुलो दायराबाट चुनियको नेतृत्व बढी सवल र सक्षम हुन्छ भन्ने विश्वव्यापी मान्यता छ त्यो एनआरएन क्यानडाको सन्दर्भमा पनि लागु हुनेछ ।

२) एनआरएन क्यानडामा सदस्य संख्या बृद्धी गर्न र स्वतस्फुर्त सदस्य बन्न प्रेरित गर्न: प्रत्यक्ष निर्वाचन प्रणालीमा मतदाताले संस्थाको सर्वोच्च नेतृत्वलाई मतदान गर्न पाउने हुँदा निर्वाचनमा चाख जाग्छ र क्यानडामा रहेको नेपाली समुदायका धेरै सदस्यहरुले सदस्यता लिने सम्भावना रहन्छ । त्यस्तै हाल सम्म त निर्वाचन लड्ने उम्मेदवारले शुल्क भुक्तानी गरेर जवर्जस्ति सदस्यता बनाउने प्रचलन छ । तर प्रत्यक्ष निर्वाचनले स्वतस्फुर्त रुपमा आफै शुल्क तिरेर सदस्यता बन्ने सम्भाबना बढाउछ किनकि मतदाताका लागी एक सदस्यलाई मतदान गर्नु र अध्यक्ष, महासचिव कोषाध्यक्ष सहित बिधानले तोकेका अन्यलाई मतदान गर्नुमा कस्तो फरक रहला ? म आफु मतदाता बनेर हेर्दा त अध्यक्ष, महासचिव, कोषाध्यक्ष लाई मत राख्न पाउँदा मज्जा लाग्छ । एक सदस्यले पाउने त्यो आनन्दले नै संस्थासंगको अपनत्वमा बृद्धी गर्नेछ र क्यानडामा रहेको नेपाली समुदायलाई एनआरएन क्यानडाको सदस्यता लिन प्रेरित गर्ने छ ।

३) संस्थामा अपनत्व कायम गर्न: एनआरएन क्यानडामा सवैको अपनत्व महसुस हुन सकेन भन्ने गुनासा धेरैबाट सुनिन्छ । संस्था विधिअनुरुप चल्नुपर्नेमा हाम्रो नेतृत्व भने अहिले सम्म पनि निर्वाचन आउन २ हप्ता छँदा निर्वाचन क्षेत्र टुक्राउन उद्दत छ । साधारण सभामा भएको निर्णय १ बर्षसम्म पनि गुपचुपमा राखेकोमा गर्भ ठान्छ । बैठकमा कसैले फरक मत राख्यो कि माइक म्युट गरेर निर्णय सुनाउनमा आनन्द लिन्छ । यि सवै कारणमा विधि दोषि हो या व्याक्ति ? व्याक्तिले काम गर्ने भएपछि दोषि त व्यक्ति नै हुनुपऱ्यो । तर दोषि व्यक्ति चयन भएर आउन सक्ने विधि कस्तो ? कतै हामीले प्रयोग गरिरहेको विधिमा दोषि व्याक्ति चयन भएर आउन सक्ने छिद्रहरु रहेछन कि? यो निकै गहन र महत्वपुर्ण विषय हो । धेरै साथीहरुले क्यानडाका सरकारी, अर्ध सरकारी एवं स्थापित संस्थाहरुहरुमा काम गरिरहनुभएको छ सवैलाई थाहै भएको विषय हो कि हामिले गरिरहेको काममा सानो त्रुटि भयो भने सुभरभाइजरले व्याक्तिलाई सचेत त गर्छ नै तर पहिले उसले प्रोसिड्युरमा त्यो गल्ति हुने सम्भावनालाई समेटिएको थियो कि थिएन भनेर हेर्छ । गल्ती दोहोरिन नदिन उसले तुरुन्तै त्यो प्रोसिड्युरमा थपघट गर्दछ वा नया प्रोसिड्युरको निर्माण गर्दछ र उसको मातहतमा प्रयोगका लागी पठाउँछ । गल्तिलाई उसले भविष्यका लागी राम्रो विधि निर्माण गर्ने आधारका रुपमा लिन्छ । मेरो भन्नुको मतलव पनि के हो भने एनआरएन क्यानडाको नेतृत्वले पटक पटक त्रुटिहरुको दोहोराइरहँदा हामी विधिमा रहेको त्रुटि खोज्ने कि नखोज्ने ? यसको उत्तर संग प्रत्यक्ष निर्वाचन प्रणाली जोडिन सक्छ । संगसंगै प्रत्यक्ष निर्वाचन प्रणालीले सवल र सक्षम नेतृत्व आउने सम्भावना बढी रहन्छ, सक्षम नेतृत्वले विधिको पालना गर्दछ, विधिले भेदभाव जान्दैन, संस्थामा भेदभाव नहुँदा सवैले संस्थालाई आफ्नो हो भन्ने महसुस गर्न थाल्छन् ।

४) संस्थालाई मतदाताप्रति थप उत्तरदायी र जवाफदेही बनाउन: अब प्रत्यक्ष निर्वाचन प्रणालिले कसरी संस्थालाई उत्तरदायी बनाउँछ त ? हामी धेरै पर पनि जान परेन उदाहरणका लागी गत निर्वाचनमा टोरोन्टोको नाकैमुनि रहेको वेष्टर्न अन्टेरीयो र अटोवा लगायत थुप्रै क्षेत्रका मतदाताहरुले निर्वाचनमा मतदान गर्न र उम्मेदवार हुनबाट बन्चित हुन पर्यो । यदि प्रत्यक्ष निर्वाचनको व्यावस्था भएको भए संस्थाको अध्यक्ष र पदाधिकारीहरु त्यहाका मतदातासंग पनि प्रत्यक्ष सम्पर्कमा रहन्थे र जवाफदेही पनि हुने थिए। बिडम्बना त्यतिबेला त्यहाको नेपाली समुदाय समेतले आग्रह गर्दा गर्दै पनि सिङो एनआरएनए उत्तरदायी बन्न सकेन। त्यति बेला बिधान लाई देखाएर जिम्मेवारीबाट पन्छिन खोजियो। लोकतन्त्रको आधारभुत अधिकार “मतदान“ सिङ्गो निर्वाचन प्रणालीकै कारण बिवेकशून्य भयो। संस्थाको सर्वोच्च नेतृत्व त्यसका लागी उत्तरदायी हुनुपर्ने थियो तर जति चिमोट्दा पनि छोएन आखिर वेखवर बन्न पुग्यो। तत्कालिन नेतृत्वले त्यो समस्या समाधानकालागी उत्तदायित्व बहन गरेको देखिएन । युनिभर्सिटिज अफ वेष्ट इंग्ल्यान्डका बिद्वान रोविन ह्याम्वलेटनले निर्वाचन प्रणाली सम्बन्धि गरेको एक अध्ययन र उनले तयार पारेको निष्कर्षमा अगाडि लेख्छन प्रत्यक्ष निर्वाचनका फाइदाहरुमध्ये सबै भन्दा महत्वपूर्ण लाभ प्रत्यक्ष निर्वाचनबाट चुनिएको नेतृत्व र यसका मतदाता बीचको सम्वन्ध नै हो जुन बडो उत्तरदायी र जवाफदेहिपुर्ण हुने गर्छ जसले गर्दा संस्थालाई थप बलियो र प्रभावकारी बनाउन मद्धत पुर्याउछ।

५) संस्थामा पारदर्सिता कायम राख्न: पारदर्सितालाई आर्थिक पारदर्सितासंग मात्र जोडेर हेर्ने गरिन्छ तर यससंग धेरै कुराहरु जोडिएका हुन्छन् । सुचनाको पारदर्सिता, निर्णय प्रकृयामा पारदर्सिता,निर्वाचन प्रकृयामा पारदर्सिता, विधि निर्माणमा पारदर्सिता, आर्थीक पारदर्सिता त्यस्तै अन्य । प्रत्यक्ष निर्वाचनले मतदातालाई संस्थासंग जोड्छ भने मतदाताले नेतृत्वलाई बेलाबेलामा खवरदारी गर्छ जसले स्वयं नेतृत्व एवं संस्थालाई पारदर्सि बन्न बाध्य गराउछ। यो संगै आर्थिक पारदर्सिता पनि विधिसंग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण विषय हो । पहिलो त एनआरएन क्यानडामा हाल भइरहेको प्रतिनिधीमुलक निर्वाचनमा आर्थीक विषयका विज्ञहरु निर्वाचित भएर आउने सम्भावना कस्तो छ ? अझ भनौ हाल सम्म कति आर्थीक क्षेत्रका दक्ष पेशाकर्मीहरु निर्वाचित भएर आउनुभयो ? निकै कम, यसका कारणहरु विभिन्न हुन सक्छन । कि त दक्ष पेशाकर्मीमा इच्छा नहुनुपऱ्यो या त संस्था प्रति विकर्षण भयो या त हामीले प्रयोग गरिरहेको निर्वाचन विधिले प्रोत्साहन गरेन । दक्ष व्याक्ति समितिमा नहुदा निर्वाचित नेतृत्वले कसैलाई नियुक्त गर्नुपऱ्यो । नियुक्त व्याक्ति नियुक्ती दिनेप्रति उत्तरदायी हुनुपऱ्यो । त्यसैले आर्थिक पारदर्सिताको सन्दर्भमा पछिल्लो पटक चलेको र धेरै संस्थाहरुले प्रयोग गरिरहेको विधि के हो भने प्रत्यक्ष निर्वाचनबाट स्वतन्त्र लेखा समितिको चयन गर्नु हो । यसले चेक एन्ड व्यालेन्सको सिद्धान्त पनि प्रयोग गर्न प्रोत्साहन गर्दछ । संस्थाका आर्थीक गतिविधि लेखा समितिले अध्ययन गर्दछ । निश्चित भन्दो ठुलो रकम खर्च गर्न लेखासमितिको राय लिन सक्ने व्यावस्था गर्न सकिन्छ । फेरी प्रत्यक्ष निर्वाचनबाट आउने लेखा समिति त नेतृत्वप्रति उत्तरदायी हुनुपरेन विल भर्पाइ मिलाउनेतिर भन्दा समितिको ध्यान त विल भर्पाइ खोज्नतिर जान्छ । त्यसैले आर्थिक पारदर्सिताका लागी पनि प्रत्यक्ष निर्वाचनबाट स्वतन्त्र लेखासमितिको चयन गर्नु उपयुक्त हो भन्ने मेरो धारणा छ ।

६) उन्नत लोकतान्त्रिक अभ्यासको प्रयोग गर्न: लोकतान्त्रिक अभ्यास भनेको खालि निर्वाचन विधीमात्र होईन संस्थामा निर्णय गर्ने प्रकृया, सवैको मतलाई गरिने सम्मान जस्ता कुराहरु यसमा जोडिन्छन् । एनआरएन क्यानडामा गत कार्यकालको एक वैठकमा कार्यसमितिका बहुमत सदस्यको मतको वास्ता गरिएन बरु कन्फरेन्स कलमा गरिएको बैठकमा माइकनै म्युट गरेर जबरर्जस्त निर्णय सुनाइयो । पछि बहुमत सदस्यको हस्ताक्षर सहितको निर्णय नै बाहिर आएको थियो । मेरो बुझाइमा यो लोकतान्त्रिक अभ्यास होइन । प्रत्यक्ष निर्वाचन प्रणालि आफैमा एक उन्नत लोकतान्त्रीक अभ्यास हो । रोविन ह्याम्वलेटनलकै निष्कर्षमा प्रत्यक्ष निर्वाचनले मतदाताको संस्थाप्रतिको आकर्षण बढाउछ, संस्थाले गर्ने हरेक गतिविधिमा प्रत्यक्ष चासो हुन्छ र नेतृत्व अधिनायकबादी हुने सम्भावना कम हुन्छ । त्यसैले आजकोआधुनिक समाजमा संस्था संचालनको सर्वमान्य बलियो आधार भनेको पारदर्सि संस्था, जवाफदेहि नेतृत्व र उन्नत लोकतान्त्रिक अभ्यास हो ।

७) नेपालको राजनितिक संस्कार र हस्तक्षेपलाई निरुत्शाहित गर्न: नेपालको ठुलो राजनैतिक परिवर्तनमा प्रत्यक्ष या परोक्ष रुपमा सहभागी हाम्रो पुस्ताको ठुलो जमात क्यानडामा छ त्यसैले हामी कुनै न कुनै रुपमा कुनै राजनैतिक आस्थासंग जोडिएका छौ । राजनैतिक चेत भएका हामी त्यो चेतनालाई सकारात्मक शक्तिका रुपमा प्रयोग गर्नुपर्ने थियो तर त्यसो हुन सकेन । कार्यकता तहमा विखण्डित हिसाबले नेपाली राजनितक विचारले प्रश्रय पायो । जसले संस्था मात्र होइन समाज पनि विखन्डित भयो । तर पछिल्लो समय भने विस्तारै नेपालको राजनैतिक विचारबाट टाढा रहने जमात बढ्दो छ । त्यो जमातसंग प्रत्यक्ष निर्वाचन प्रणाली जोडिन्छ । किनकि प्रतिनिधिमुल निर्वाचन प्रणालीमा हरेक क्षेत्रबाट आउने प्रतिनिधि कार्यकर्ता तहको हुन्छ जसले नेतृत्व चयन गर्दा क्षमतावान व्याक्तिलाई भन्दा पनि विचारलाई प्रोत्साहन गरेको देखियो । त्यसैले नेपालको राजनैतिक विचारसंग विकर्षणमा रहेको ठुलो जमातले प्रत्यक्ष मत राख्न पाउने हो भने राजनैतिक विचारलाई भन्दा क्षमतालाई प्रोत्साहन गर्ने छ ।

८) विश्वव्यापी सर्वमान्य हुँदै गएको विधिको प्रयोग गर्न: मेरो बुझाइमा विश्वका धेरै संस्थाहरुमा प्रत्यक्ष निर्वाचन प्रणाली नै लागु भएको छ । क्यानडाकै कुरा गर्दा एनआरएन क्यानडा बाहेक कुनैपनि क्यानडामा दर्ता भएका नेपाली सम्मिलित संस्थाहरुमा प्रतिनिधिमुलक निर्वाचन प्रणाली छैन । त्यस्तै हालसम्म एनआरएन गठन भएका देशमा प्रतिनिधिमुलक निर्वाचन प्रणालि प्रयोग भएको मलाइ थाहा छैन । करिव ३० देशमा त मैले सम्पर्क गरिसकेको छु ति सवै देशमामा प्रत्यक्ष निर्वाचन प्रणालि नै अवलम्वन भएको रहेछ । क्यानडा भन्दा धेरै पछि गठन भएका देशहरुमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली नै छ । सवै जसो देशका एनआरएनले प्रयोग गरेको प्रत्यक्ष निर्वाचन प्रणाली उत्कृष्ट निर्वाचन प्रणाली भएर नै प्रयोग भएको हो भन्ने मेरो बुझाइ छ ।

अन्त्यमा प्रत्यक्ष निर्वाचन प्रणालिका बेफाइदाहरु बुँदागतरुपमा राख्न चाहन्छु:

. व्याक्ति केन्द्रित,

. सस्तो प्रचार वा प्रचारमुखी कार्यक्रममा केन्द्रित

. संस्थाको आधारभुत काम भन्दा ध्यान अन्तै मोडिने सम्भावना

४. हालहुलमा नेतृत्व टप्काउने सम्भावना

५. संस्थामा आर्थिक भार बढ्न सक्ने