एन. आर. एन. ए. क्यानडाको सदस्यता दर्ता तथा नविकरण सम्बन्धी जानकारी |

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

आदरणीय क्यानाडाबासि नेपालि दाजुभाई तथा दिदीबहिनीहरु , 

एन. आर. एन .ए. क्यानडाले सस्थाको सदस्यता दर्ता तथा नविकरण कार्य जारी राखिरहेको छ ।यसै सन्दर्भमा अप्रिल २९, २०१९ देखी सुरु भएको सदस्यता बितरण एबम नबिकरण प्रकृया आगामि मे १५, २०१९ सम्म जारी रहने बताइएको भएपनिप्राविधिक कारणले केही दिन ‘पे पाल’ मा समस्या आएको कारण सदस्यता वितरण कार्यमा  अवरुद्ध हुन गएकोले एन आर एन क्यानडाको तत्कालै बोर्ड बैठक बसी सर्वसम्मतीरुपमा नया सदस्यता दर्ता तथा  नबिकरणका लागि आगामि मे ३१, २०२९ का दिनसम्मका लागि समय थप गरिएको कुरा जानकारी गराइन्छ । प्राबिधिक कारणले तपाइहरुमा पर्न गएको असुबिधाका लागि एन आर एन क्यानडा दुख ब्यक्त गर्दै क्षमायाचना गर्दछ  । एन आर एन ए क्यानडाको सदस्यता लिइसकेपछि  सदस्यहरुलाइ एन आरएन ए को फोटो आईडि उपलब्ध हुने हुदा सदस्यता नविकरण का लागि निम्न उल्लेखित डकुमेण्टहरु आवस्यक रहने कुरा यहाहरुलाई जानकारी गराइन्छ :

१ . फोटो (सेल फोन बाट लिएर अपलोड गर्न पनि मिल्ने)

२ . क्यानडा सरकारले जारी गरेका फोटो स्पष्टरुपमा देखीने अध्यावधिक आई डि वा अन्य परिचय खुल्ने फोटो आईडि  (चालक प्रमाण पत्र, पी आर कार्ड, पासपोर्ट तथा ब्यक्तीको फोटो देखिने अन्य आई। डी।)

३ . फोन नम्बर

४ . ईमेल

५ . ठेगाना

६ . पे पाल अकाउण्ट वा क्रेडिट कार्ड

सदस्यता दर्ता वापत लाग्ने क्यानेडीयन डलर १५ पे पाल अथवा क्रेडिट कार्डबाट तिर्न सकिने छ । फोटो आई. डी. अपलोड नगरेमा तथा गलत आई.डि. तथा आफनो  बारेमा गलत सुचना उपलब्ध गराएमा सदस्यता रद्ध हुन सक्ने छ ।

पुराना आजिवन सदस्यहरुका हकमा एन.आर.एन.ए. फोटो आईडिको लागि  निम्नानुसारको ब्यवस्था हुने छ :

१ . साधारण सदस्यमा रजिस्टर गर्ने र $१५ तिर्ने, यसरी तिरेको $१५ फिर्ता हुने छ र अपलोड गरिएका सबै सुचनाहरु केन्द्रमा जाने छन ।

२. इमेल मार्फत आफनो फोटो, फोन, ठेगाना, ईमेल  र अध्यावधिक आई. डी.एन.आर.एन   .ए. क्यानडालाई पठाउनु पर्नेछ ।

General Membership Registration flyer NRNA CANADA

३. अथबा माथि उल्लेखित कुनै कार्यहरु नगरेमा एन आर एन क्यानडाले सदस्यहरुको ब्यक्तीगत बिबरण सुचना केन्द्रमा पुर्याउन सक्दैन र उपलब्ध गराउने भनिएको एन आर एन ए फोटो आई डि  सदस्यहरुलाइ उपलब्ध गराउन सकिदैन । तर पनि नीजब्यक्ती एन आर एन ए को आजिबन सदस्य भने रहिनै रहने छ ।

ब्यक्तिगत सुचनाको गोप्यताको सवालमा एन आर एन ग्लोवलले सदस्यले उपलब्ध गराएका जानकारीहरु पूर्ण रुपमा गोप्य र सुरक्षित राख्ने प्रतिबद्धता जनाइसकेको छ र उक्त कार्यका लागि एन आर एन ए ग्लोबलले एन आर एन ए क्यानडासग सहमति समेतगरिसकेको छ ।

तसर्थ समयमै सदस्यता दर्ता एबम नबिकरणका लागि  एन . आर. एन ए क्यानडा  हार्दिको अनुरोध गर्नुका साथै सदस्यता सम्बन्धि कुनै अन्योलता भएमा एन.  आर . एन.ए. क्यानडा तथा सस्थांका पधाधिकारीहरुलाई तुरुन्तै सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ ।