एभरेष्ट तेक्वान्दो संघ मिचिगनलाई स्टेट लेवल तेक्वान्दो प्रतियोगितामा १८ स्वर्ण ।

खेल विविध

एमखवर खेलकुद सम्वाददाता, मिचिगन अमेरिका । अमेरिकाको मिचिगन राज्यमा गत मे २२, २०२१ मा Amateur Athletes Union (AAU) बाट आयोजित मिचिगन स्टेट लेवल तेक्वान्दो  प्रतियोगितामा एभरेष्ट तेक्वान्दो संघका ३० जना सहभागि खेलाडीहरु मध्ये १८ स्र्वण, ७ रजत र ६ काँस्य पदक प्राप्त गर्न सफल भएका छन् । बिजयी खेलाडीहरु बिभिन्न उमेर र तौल समूहमा जुनियर तथा सिनियर तर्फको स्पायरिगं र पुम्से प्रतिष्पर्धामा उक्त पदक पाएको संघका मुख्य प्रशिक्षक लव प्रसाद गोर्खालीले जानकारी गराएका छन् ।

यस प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडीहरुले २०२१ को आगामी जुलाई ५ देखि १२ तारिख सम्म लस भेगासमा आयोजना हुने राष्ट्यि प्रतियोगितामा मिचिगन स्टेट बाट सहभागिता जनाउने छन् ।

Amateur Athletes Union (AAU) प्रतियोगितामा हेलो कनेजो लाइ ग्राण्ड च्याम्पियन्स ट्फि प्राप्त भएको छ ।

प्रतियोगितामा सहभागि एभरेष्ट तेक्वान्दो संघका तर्फ बाट प्रशिक्षकमा अमूल गोर्खाली र अनमोल गोर्खाली रहेका थिए ।