एमालेद्वारा रामकुमारी झाँक्रीलाई कारवाही

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौँ, ८ जेठ । नेकपा एमालेको नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले कारवाही गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास वालुवाटारमा आज बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेतृ झाँक्रीलाई कारवाही गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले झाँक्रीसहितका ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

बैठकले पार्टीको हित, ह्वीप तथा विधि, विधान विपरित गतिविधिमा संलग्न भएका पार्टीका ११ जना निवर्तमान सांसदलाई स्पष्टिकरण सोधेको हो । उक्त ११ जनामा माधव नेपाल, झलनाथ खनाल, डा भिम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, लक्ष्मी चौधरी, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु लगायतका सांसदहरु रहनुभएको पार्टीकाप प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँहरुको स्पष्टिकरणको प्रकृति हेरी बाँकी कारवाहीको वारेमा पछि निर्णय गर्ने प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो ।