ओन्टारियोको पिल क्षेत्र र टोरोन्टो शहरमा नोभेम्वर २३ सोमवार देखि लकडाउन ।

Breaking कोरोना अपडेट क्यानडा विशेष

शेयर गर्नु होस ।

राजु थापा, क्यानडा । ओन्टारियो प्रान्तले कोविड १९ मा दिनानुदिन भएको  बृद्दिलाई रोक्न टोरोन्टो शहर लगायत पिल क्षेत्र मिसिसागा, ब्रामटन र क्यालडन शहरमा सोमबार मध्यरातबाट हाललाइ २८ दिनको लागि लकडाउनू गर्ने भएको छ ।

ओन्टारियो प्रान्तका प्रिमियर डग फोर्डले यस प्रान्तका ठुलो शहर र छिमेकी क्षेत्रका बासिन्दाहरूलाई महामारिबाट बच्न २८ दिन सम्म घरमै बस्न आग्रह गरेका छन् ।

उनले सरकारले जारि गरेको सार्वजनिक(स्वास्थ्य नियमको उल्लंघन गर्ने उपर ७५० डलर सम्म जरिबाना गर्ने पनि जानकारी गराएका छन् ।

साथै भबिष्यमा आर्इ पर्न सक्ने बिकराल अवस्थालाइ सबैको प्रयास बाट रोक्न थप कार्य आवश्यक रहेको फोर्डले शुक्रवार पत्रकारहरूलाइ बताएका छन् ।

लकडाउन अबधिभर प्रतिबन्ध गरिएकाः

१.    घर भित्र बाहिरका कुनै पनि ब्यक्तिहरूसंग भेला नहुने ।

२.    बाहिर १० जना भन्दा बढि भेला हुन नपाउने ।

३.    रेस्टुरेन्टहरूमा सिमित टेक(आउट,डेलिभरि, कर्भसाइड पिकअप र ड्राइभथ्रु मार्फत मात्र गर्न पाउने ।

४.    व्यक्तिगत हेरचाह सेवाहरू,जिम, क्यासिनो र बिंगो हलहरू बन्द हुने ।

५.    धार्मिक सेवाहरू, अन्त्येष्टि र विवाहहरू भएमा घर भित्र १० व्यक्ति वा घर बाहिर १० व्यक्ति सम्म सीमित हुने तर साबधानिका सबै उपायहरू अबलम्वन गर्नु पर्ने ।

६.    अत्याबस्यक बाहेकका रिटेल पसलहरू र मलहरूमा अनलाइन अर्डर गरेर कर्बसाइड पिकअप वा डेलिभरी मात्र गर्ने ।

७.    बिद्यालयहरू लगायत फार्मेसी, डाक्टर र दन्त चिकित्सक कार्यालय, किराना स्टोर, आवश्यक सेवाहरू खुला रहनेछन् ।

नजिकिदै गरेको नयाँ बर्ष र क्रिसमसका कारण अझ संक्रमितको संख्या बढ्न सक्ने अनुमानका आधारमा लकडाउन गर्न लागिएको हुन सक्छ ।

यो समाचार तयार पार्दा सम्म क्यानडामा जम्मा तिन लाख बिसहजार सात सय उन्नाइस संक्रमित भएकोमा ११३३४ जनाको मृत्यु भैसकेको र २ लाख ५६ हजार  ६ सय ४६ निको भैसकेका छन् भने ५२ हजार ७ सय ३९ उपचार गराइरहेका छन् ।