ओलीको कुरा छोड्नुहोस, यो ब्रम्हाण्डपनि निर्विकल्प छैन् : भीम रावल (भिडियोसहित)

अन्तरवार्ता

काठमाडौं, २७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले नेकपामा केपी ओलीको विकल्प छैन भन्नु गलत भएको भन्दै कडा आपत्ति जनाएका छन् ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले बताएका हुन् ।

धमलाले आजको दिनमा नेकपामा केपी ओली निर्विकल्प भनेर तपाईकै पार्टीका नेताहरुले तर्क गरिरहेका छन् भनेर सोधेको प्रश्नमा रावलले भने-“यो ब्रम्हाण्डपनि निर्विकल्प छैन् ।

मान्छेको कुरा छोड्नुहोस। य यतातिर जान चाहन्न । तर, अहिलेको यस्तो विषम स्थितिमा कसैले कुनै व्यक्ति नै राज्य हो । या कुनै व्यक्ति नै पार्टी हो भन्ने तर्क दिन्छ भने त्यो तर्क उहिल्यै थोत्रो, युरोपमा नै पराजित भइसकेको तर्क हो त्यो। त्यो तर्कको कुनै अर्थ छैन् ।

र, जहाँसम्म यदि कसैले साँच्चिकै दाबी गरेको हो भने सरकारले कोरोनाको सं क्र मण र महामारीविरुद्ध लड्नभन्दा हामी जनमतसंग्रह नै गर्छौं भन्ने कसैलाई त्यो उखरमाउलो, त्यो अध्यादेश ल्याएजस्तै कसैलाई त्यो जनमतको नशा चढेको छ भने म सबैभ्न्दा पहिले तपाईको कार्यक्रममार्फत विनम्रतापूर्वक भन्न चाहन्छु त्यो पहिलो जनमत नेकपाको केन्द्रीय कमिटीमा गरौं ।

हामी तयार छौं । नम्बर एक, यदि कसैले त्यसले पनि पुगेन, जनतामै जानुपर्ने नगई नहुने साह्ै त्यस्तो तापक्रम चढेको छ भने गरि हेरौं न त ।”