ओलीको दूत बनेर भारतीय दूतावास छिरे गोकुल बाँस्कोटा

नेपाल समाचार

काठमाडौं । मुलुक राष्ट्रियता रक्षाको सघन अवस्थामा पुगेको छ । आफ्नो भूमिमा भारतीय फौजको क्याम्प रहनु र भारतले बाटो बनाएर उद्घाटन गरेपछि नेपाल राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने सघन अवस्थामा पुगेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नक्सा अद्यावधिक गरेको नेपाल सरकारले यसलाई संविधान अंग बनाउन संसदमा दर्ता गरेको नेपालको संविधान संशोधन विधेयक २०७७ विचाराधीन अवस्थामा छ । नक्सा अद्यावधिक गर्दै संसदमा संविधान संशोधन गरेपछि नेपालसँग भारत रुष्ट बनेको छ । यही बेला सरकारलाई अन्य दलको देखावटी समर्थन मात्रै प्राप्त भएको छ । राष्ट्रियता रक्षार्थ आएको संविधान संशोधन विधेयकलाई पारित गर्नुपर्ने बेला अन्य दलहरुले बार्गेनिङका लागि गैरसरकारी विधेयक दर्ता गराएर सरकारलाई अप्ठ्यारोमा पारेका छन् ।

सीमा विवाद अन्त्यका लागि नेपाल–भारत वार्ताको विकल्प देखेका छैनन् । तर, सरकारी सयन्त्रमा औपचारिक रुपमा वार्ता हुन सकेको छ्रैन । भारतीय जिम्मेवार नेता र अधिकारीहरुबाट ध,म्की युक्त अभिव्यक्ति आइरहेका छन् । यही नेपालमा सरकारलाई सहयोग गर्न प्रतिपक्षीसहितका दलहरु तम्तयार देखिँदैन । राष्ट्रियता दलीय स्वार्थभन्दा माथि रहनु पर्ने हो । तर, संविधान संशोधनमा दुई तिहाइ मत पु¥याउन नसकिने भएपछि सरकारले सो विधेयकलाई अघि बढाएको छैन ।

र पनि सरकारले सीमा विवाद अन्त्यका लागि अनौपचारिक छलफललाई अगाडि बढाउने प्रयास भने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सयन्त्रबाट भन्दा पनि आफ्ना विश्वासपात्रलाई अघि सारेर सीमा विवाद सुल्झाउने रणनीति लिएका छन् । यही बेला राजनीतिक बजार तताएको ओलीका विश्वासपात्र गोकुल बाँस्कोटा लैनचौरस्थित भारतीय दूतावास पुगेको चर्चाले पनि सीमा विवाद हल गर्न सरकार लागि परेको अनुमान गर्न सकिन्छ ।

वार्ताबाट समस्या समाधान गर्न राजी भएको भारत वार्तामा बसिहाल्न भने मानेको छैन । नेपालको प्रयास असफल भइरहेको छ । मुलुकभित्र दलहरु चारतर्फ फर्किएका छन् । निकै लामो प्रयासपछि बाँस्कोटा र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको स्रोतको दाबी छ ।

बाँस्कोटा र क्वात्राको भेटले नेपालको राजनीतिमा खास अर्थ लाग्ने भएकाले चासो बढेको देखिन्छ । ‘राष्ट्रवादको कुरा गर्ने, तर आफ्ना दूतलाई भारतीय राजदूतावास पठाउने’ भन्दै प्रधानमन्त्री ओलीको पनि आलोचना भइरहेको छ । तर, प्रधानमन्त्री ओलीले सीमा वि वाद अन्त्यका लागि आवश्यक पहल गर्न बाँस्कोटालाई राजदूत क्वात्रासँग भेट्न पठाएको स्रोतको जिकीर छ । यही विषयले सत्तारुढ नेकपाभित्रै राजदूतावास पठाउने पात्र चयनको विषयलाई विवाद पनि देखिन्छ । विवादित व्यक्तिलाई पठाउन नहुने, भारतले विश्वास गर्न नसक्ने जस्ता तर्क आइरहेका छन् ।

नेपालले सरकारी तथा पार्टीगत रुपमा औपचारिक तथा अनौपचारिक रुपमा वार्ताको पहल गरे पनि भारतीय पक्षले वार्ताप्रति गम्भीरता देखाएको छैन । भारतले वार्ताका लागि वातावरण बनाउनु पर्ने भनेको छ । तर, वातावरण भनेर खुलाएको छैन ।

भारतीय नाकाबन्दीका बेला दुई देशका सेनाबीचको छलफलले समस्या समाधान भएको तर्कसहित अहिले सीमा विवादमा पनि नेपाली सेनालाई अगाडि सार्नुपर्ने कतिपय तर्क छ । तर, प्रधानमन्त्री ओली आफ्नै अग्रसरतामा सीमा विवाद सुल्झाउन चाहेका छन् । उनले आफ्ना विश्वास पात्रलाई अघि सारेर यसलाई टुंग्याउन खोजेका छन् । परिणाम ल्याउन गरी पहल गरेको नेकपाका नेताहरुले बताएका छन् ।

उनीहरुकाअनुसार सरकार राष्ट्रियताको रक्षाका लागि कसैसँग सम्झौता गर्दैन । संसदमा विधेयक देखाउन मात्रै नलगेको ती नेताहरुको दाबी छ । सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकलाई पारित गराएरै छाड्ने गरी तयारी गरेको छ ।

यसलाई पुष्टि गर्ने गरी नेकपाका सांसद तथा प्रधानमन्त्री ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले को राष्ट्रवादी र को राष्ट्रघाती भन्ने संविधान संशोधन विधेयक संसदमा निर्णायर्थ प्रस्तुत हुँदा देखिने भन्दै आलोचकहरुलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘को राष्ट्रवादी को राष्ट्रघाती देखिएकैछ।र,पुनःपरिक्षण निकट भविष्यमै हुँदैछ।मलाई हेर्नु यो छ–जतिबेला सदनमा नक्शा संसोधनमाथि मतदान हुन्छ,त्योक्षण मेरो राष्ट्रवादमाथि प्रश्न खडा गराउनेहरुको ओठतालु नसुकोस,हात नकापोस र स्वर नलरबराओस। समाधानको विधि के ? म स्पष्ट छु–वार्ता ।