ओलीलाई गाली गर्नुभनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो – नेता नेपाल

राजनीति

शेयर गर्नु होस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो विषयमा केन्द्रीत भएर गाली गर्नेहरूलाई चेतावनी दिएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रधानमन्त्रीसँग धेरै विषयमा गुनासा भए पनि जडिबुटीको प्रयोगको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर गाली गर्नेकाम गलत भएको बताएका छन ।

नेता नेपालले उल्लेख गरेका छन ‘केपी ओली प्रति गुनासा होलान्, रिस पनि उठेको होला, अदुवा, बेसार, लसुनको नाममा उहाँलाई उडाउनु भनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो। चेतना भया।’