ओलीसमक्ष एमालेबाट छुटिने प्रभु साहको प्रस्ताव

क्यानडा विशेष

शेयर गर्नु होस ।

काठमाडौं,। नेकपा (माओवादी केन्द्र) परित्याग गरि एमालेमा प्रवेश गरेका नेताहरु अहिले धर्मसंकटमा छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र गौरीशंकर चौधरीलगायतका नेताहरु अहिले एमालेमा छन् । तर, नेकपा एमालेको दुवै पक्ष मिल्ने चरणमा पुगेका छन् । यसले, माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई अप्ठ्यारो परेको छ ।

प्रभु साहले त एमालेमा अब नरहने र वापन्थीहरुको छुट्टै गठबन्धन बनाएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आफूहरु अब एमालेमा ररिहन नसक्ने सुनाएका हुन् । बरु, ओलीकै नेतृत्वमा वामपन्थीहरुको छुट्टै मोर्चा बनाउनुपर्ने उनको प्रस्ताव छ ।

उक्त मोर्चामा माओवादी खेमाका नेताहरुलाई पनि समावेश गर्ने र प्रचण्डलाई कमजोर पार्ने उनको रणनीति छ । साहको प्रस्तावमा ओली सकारात्मक बनेको स्रोतको दाबी छ । साहले आफूहरुले माओवादीको लिगेसी नछोडेको पटक पटक बताउँदै आएका छन् ।

पछिल्लो समय पूर्व माओवादी केन्द्रका नेताहरु जो एमालेमा छन्, उनीहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी हालेका छन् । हिजोमात्रै टोपबहादुर रायमाझी र साहको नेतृत्वमा पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।