ओली आफैँ प्रचारमा हिँडिसके चुनाव हुन्छ, अदालतलाई दबाब नदिउ – देउवा

नेपाल समाचार

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा जुलुस निकालेर अदालतलाई दबाब दिन नमिल्ने बताएका छन । शनिबार बुढानिलकण्ठमा ओलीआयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई यो गर, त्यो गर भन्न नहुने बताए ।

उनले भने ‘अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ । अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर गर्‍यो भने कांग्रेस चुनावमा जान्छ,अरु पनि जान्छन् । सर्वोच्च अदालतमा ठूलो अदालत जनता हुन्,जनतामा जाँदा के बिग्रिन्छ ।’

देउवाले भने ‘ओलीले सुदूरपश्चिमको धनगढी पुगेर चुनाव गराउँछु भनेकाले अदालतले पनि सोही बमोजिम गरेमा प्रचण्डहरु पनि चुनावमा आउछन । प्रधानमन्त्री केपी शर्मा ओली आफैँ चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुन्छ ।’