ओली नेकपाको एकल अध्यक्ष : प्रचण्डको कार्यकारी हैसियत समाप्त !

नेपाल समाचार राजनीति

शेयर गर्नु होस ।

एमखबर। 29 जुलाई 2020। नेकपा भित्र बिकसित पछिल्लो घटना क्रमले पार्टीको कार्यकारी हैसियत सहितको अध्यक्ष क. प्रचण्ड नभएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली नै नेकपाको एकल एवं कार्यकारी हैसियत सहितका अध्यक्ष हुन् भन्ने प्रमाणित गरेको छ।

दुई अध्यक्षको सल्लाहमा बैठक डाक्ने वा स्थगित गर्ने परम्परालाई चुनैती दिदैं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष भनिएका प्रचण्डसंग सरसल्लाह नै नगरी एक पक्षीय रुपमा पार्टीको स्थायी समितिको बैठक स्थगित भएको निर्णय गर्दा पनि बहुमत बल सहितका प्रचण्ड पक्षले प्रतिबाद गर्न नसकेपछि र ओली कै निर्णयमा नतमस्तक हुन पुगेपछि पार्टी भित्र प्रचण्डको कार्यकारी अध्यक्षको हैसियत समाप्त भएको निष्कर्ष निकालिएको छ।

आफ्ना पक्षमा बहुमत भएको दाबी गर्ने तर प्रधानमन्त्री ओलीको रौं पनि झार्न नसक्ने भएपछि प्रचण्ड-माधव- झलनाथलाई साथ दिँदै आएका पार्टीका अन्य नेताहरु प्रचण्ड – माधव पक्ष ढोडको लठ्ठी जत्ती पनि भर नभएको भन्दै ओली प्यानल तिर पलाएन हुन थालेका छ्न्। बहुमत छ भन्ने तर ओलीले जत जता लतार्यो उतै लतारिने प्रचण्ड-माधव पक्षको आत्मसमर्पणबादी प्रवृत्ति र पदिय भागबन्डाको मोलमोलाई उनीहरु भित्रकै नेताहरूले चित्त नबुझाईरहेको स्थितिले प्रधानमन्त्री ओली यतिखेर पार्टी भित्र नाटकिय रुपमा एकाएक शक्तिशाली बन्दै गएका छ्न् र अल्पमतको अबस्थाबाट सुविधाजनक बहुमत तिर अग्रसर देखिन्छन्।

प्रधानमन्त्री ओली आफ्नै निवास बालुवाटारमा भएको बैठक एकतर्फी रुपमा स्थगित गरेर बामदेव गौतमको घरमा रात्री भोजमा सामेल हुनुले नेकपाको अन्तर पार्टी संघर्ष र समीकरणमा ठूलो हेरफेर भएको संकेत गरेको छ।प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पदबाट हटाउन खोजिरहेका प्रचण्डले अन्ततः हुँदोखाँदो अध्यक्ष पदबाट समेत हात धुनु परेको छ।