ओली नेतृत्वको सरकार नै दुई वर्ष टिक्ने अर्थमन्त्री पौडेलको खुलासा

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं, फागुन २०

अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले नेकपाका सांसदले कम्युनिष्ट इत्तरको सरकारलाई साथ नदिने विश्वास व्यक्त गर्नुभएको छ । उहाले वर्तमान सरकारले नै बाँकी २ वर्षको कार्यकाल पनि पूरा गर्ने दाबी गर्नुभयो ।

बिहीवार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन खोज्ने सबै शक्तिहरू पराजित हुने विश्वास समेत व्यक्त गर्नुभयो । ‘प्रचण्ड–नेपालले अँध्यारो कोठामा बसेर कांग्रेस र जनता समाजवादी पार्टीलाई प्रधानमन्त्रीको अफर गर्दैछन्, त्यो सम्भव छैन’, उहाले अगाडी भन्नुभयो, ‘नेकपाका अधिकांश सांसद पार्टी विभाजनको पक्षमा छैनन् । नेकपामा सरकारलाई गिराएर अन्य पार्टीको मतियार बन्न नेकपाका सांसद लाग्छन् जस्तो मलाई लाग्दैन ।’

उहाले राजनीतिक दलकै अन्तिम अधिकार जनता भएकाले जनतामा जानु नै उत्तम विकल्प हुने बताउनु भयो । महासचिव पौडेलले माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गराउने दिशामा अगाडि बढेको आरोप लगाउनु भयो ।FacebookTwitterFacebook MessengerWhatsAppLinkedInShare