ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेका छन्, म प्रमाण पेश गर्न तयार छु – बाबुराम

नेपाल समाचार

शेयर गर्नु होस ।

गोरखा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका नेता बाबुराम भटटराईले प्रधानमन्त्री केपी ओली, प्रचण्ड र शेर बहादुर देउवाले बुढी गण्डगी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको दाबी गरेका छन् ।

आज गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा भट्टराईले भटटराईले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए ।

‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु ।

यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’ भट्टराईले गंभीर आरोप लगाए ।

अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएको पनि दाबी गरे । प्रचण्डको निवासमा आफू बेला बेला जाने गरेको र त्यस बेला प्रचण्डले विलौना गर्ने गरेको दावी भट्टराईले गरे ।

गोरखाको सो कार्यक्रममा नेकपा, काँग्रेस लगायतका पार्टी परित्याग गरी स्थानीय कार्यकर्ताहरु जनता समाजवादीमा प्रवेश समेत गरेका थिए ।