ओली र मोदीबीच २० मिनेट वार्ता, के के मा हुँदैछ समझदारी ?

नेपाल समाचार

शेयर गर्नु होस ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी ओलीले र समकक्षी समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच बिहान पौने १२ भेटवार्ता हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीद्वय ओली र मोदीबीच करिब २० मिनेट द्विपक्षीय हितबारे छलफल हुनेछ । प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री बन्नु भएका मोदीको शपथ समारोहमा सहभागी हुन बिहिबार दिल्ली पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली शपथग्रहणपछि भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री ओली समकक्षी मोदी र अन्य विशिष्टहरुसँगको भेटपछि आज साँझ स्वदेश फर्कने कार्यक्रम छ ।