कक्षा चारमा अध्ययनरत बालिकाले बनाइन् ‘एन्टी बुलिङ’ एप

विश्व समाचार

भारतः विद्यालयमा जिस्काउने र दु र्व्यवहार गर्ने कारण समस्या भोगेकी भारतकी ९ वर्षीया विधार्थीले ‘एन्टी बुलिङ’ मोबाइल एप बनाएकी छन् । उक्त्त एपको मद्दतले पीडितको पहिचान नखुलाइ त्यस्ता घटनाहरुको जानकारी अधिकारीसमक्ष पुर्‍याउन सकिन्छ । कक्षा चारमा अध्ययनरत मैदाईबाहुन मोजाले यो एप बनाएकी हुन् । उनको यो प्रयासको सरकारले समेत सराहना गरेको छ ।

मैदाईबाहुन भन्छिन्, ‘म नर्सरीमा छँदादेखि नै दु र्व्यवहार सहनुपर्‍यो । यसले मलाई असर गर्यो । यसबाट बच्न मैले समस्या समाधान गर्ने निर्णय गरेँ ।’

उक्त एप प्रयोग गर्ने व्यक्तिले दु र्व्यवहार गर्नेको नामसहित घटनाको विवरण दिनु पर्नेछ । यसबाहेक घटनाबारे अन्य सम्बन्धित व्यक्तिलाई पनि सूचना पठाउन सक्नेछन् । यसले अधिकारीलाई आवश्यक जानकारी दिन्छ र आवश्यक कारवाही गर्न सहयोग गर्छ ।