कतारका ब्यबसायी नरेन्द्र भाट द्धारा एनआरएनए आईसिसी उपाध्यक्षको उम्मेदवारी घोषणा ।

NRNA विश्व समाचार

शेयर गर्नु होस ।

, मेरो एनआरएनए, र मेरो नेपाल मूल विषयका साथ यहि आउदो अक्टोवर १५,१६ र १७ तारिख (२०७६ साल असोज २८,२९ र ३० गते) काठमाडौंमा गैरआवासीय नेपाली संघको नवौं बिश्व सम्मेलन हुदै छ । उक्त सम्मेलनमा केन्द्रिय उपाध्यक्षको लागि कतारका नरेन्द्र भाटले उम्मेदवारी दिने घोषणा गरेका छन् । भरखरै सम्पन्न एनआरएनए कतारको राष्ट्यि अधिबेशनको अबसरमा उनले एनआरएनएको अभियानलाई निरन्तरता दिनको लागि भन्दै आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । विश्वभरी करिव ८१ देशमा छरिएर रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई स्वतन्त्र, निस्पक्ष र बलियो बनाउदैं मातृभूमि र बिदेशमा रहेका सबै नेपालीका लागि नेपालीले सहयोग गर्ने संगठनको प्रयासलाई सफल बनाउन लाग्नु पर्नेमा जोड दिएका छन् ।

सन् २००२ देखि कतारमा ब्यबसाय गर्दै आएका नरेन्द्र भाट सुरु देखिनै एनआरएनए कतारको अभियानमा जोडिएर सन् २००७- २००९ कार्यकालमा महासचिव, सन् २००९- २०११ मा अध्यक्ष हुदै सन् २०११- २०१३ कार्यकालमा मध्यपूर्वको संयोजक भै आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । हाल उनी गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समन्वय समितिका मानार्थ सदस्य रहेका छन् ।

बिदेशमा बस्ने नेपालीहरुको एक मात्र साझा सगठन गैरआवासीय नेपाली संघको विश्व सम्मेलन प्रत्येक २,२ बर्षमा नेपालमा हुने गर्दछ । विगतमा झै यस पाली हुने नवौं विश्व सम्मेलन पनि नेपाल सरकार, नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयूक्त आयोजनामा हुदैछ । सम्मेलन आयोजनाका लागि नेपाल सरकारका परराष्ट् मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन हुने छ । सम्मेलनमा , मेरो एनआरएनए, र मेरो नेपाल विषयमा आधारीत भएर विभिन्न शत्रहरु हुनेछन् ।

विश्व सम्मेलनकै समयमा संघको अन्तराष्ट्यि महाधिवेशन सम्पन्न हुने छ । उक्त महाधिबेशनमा संघको विधान, अन्तराष्ट्यि समन्वय परिषद्को प्रतिबेदन, लेखा परिक्षण प्रतिबेदन लगायत संघ संग सम्बन्धित विविध विषयहरुमा छलफल भै भाबी कार्यनीतिको तर्जुमा गरिने छ । त्यहि महाधिवेशन मार्फतनै २ बर्षे नयाँ नेतृत्वको छनौट गरि अन्य पदाधिकारीहरुको चयन गरिने छ ।