कपिलवस्तुमा एकैदिन थपिए ४८ कोरोना संक्रमित

नेपाल समाचार

काठमाडौँ, २४ जेठ । कपिलवस्तुमा शनिबार थप ४८ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै जिल्लामा संक्रमितको संख्यो ५ सय २३ जना पुगेको छ ।

जिल्लाका ४ स्थानीय तहहरुमा संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणअनुसार महाराजगन्ज नगरपालिकाका ४ वर्षीय बालकदेखि ४६ वर्षका ३१ जना पुरुष तथा छ वर्षीया बालिकादेखि ५५ वर्षसम्म ६ जना महिला गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बुद्धभुमी नगरपालिका वडा नम्बर ५ का दुई जना र वडा नम्बर ६ का दुई जना गरी चार जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यशोधरा गाउँपालिका वडा नम्बर ७ का एक जना महिला र एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

विजयनगर गाउँपालिका वडा नम्बर ६ का तीनजना तथा वडा नम्बर ३ र ५ का १९ र ४८ वर्षका एक एक जनामा संक्रमण पुष्टि भएको हो ।