कपिलवस्तुमा भेटिए दुई जना, कोरोना संक्रमित संख्या सय नाघ्यो

स्वास्थ्य

कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय नेपालगञ्ज स्रोतले दिएको जानकारी अनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका २ जना वयस्कमा कोरोना संक्रमण देखिएको हो। कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ती दुईमा कोरोना पोजेटीभ देखिएको हो।