कबि बसन्त चौधरीको नाै भाषामा प्रकाशित कबिता संग्रह “वसन्त” क्यानडाको मिसिसागा बाट लोकार्पण । ब्यवसाय भन्दा साहित्यको बढि मायाँ लाग्छ – कवि चौधरी ।

Events क्यानडा विशेष

राजु थापा, क्यानडा । सेप्टेम्वर ०९, २०१९ ।

कबि तथा सफल ब्यबसायी बसन्त चौधरीको विश्व काब्य यात्रा सिजन टु अन्तर्गत क्यानडा श्रृंखला हिजो क्यानडाको मिसिसागाको प्रित प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाले नौ भाषामा प्रकाशित संग्रह “बसन्त” को लोकार्पण गर्नु भएको थियो । लोकार्पण कार्यक्रममा बोल्दै महामहिम ढुंगानाले आफ्नो श्रीजनालाई विश्व काब्य यात्रा मार्फत बिदेशमा रहने ठूलो संख्याका नेपाली समूदायहरु माझ पुर्याई नेपाली भाषा र साहित्यको विकाशमा ठूलो टेवा पुग्नेछ भन्दै त्यसको श्रेय कवि बसन्त चौधरीलाई जान्छ र यस्ता अन्य कार्यक्रमहरुमा समेत हामि सबै नेपालीहरुले उहाँलाई साथ र सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले क्यानडामा हुने हरेक प्रकारका नेपाली समूदायका कार्यक्रमहरुमा नेपाली दूतावास अटावा क्यानडामा रहेका संघ संथाहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । साथै उहांले आफुलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर कवि वसन्त चौधरीको संग्रह लोकार्पण गर्न पाएकोमा खुसि ब्यक्त गर्दै नेपाली साहित्य समाज क्यानडा लाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमको मुख्य भागमा कबि वसन्त चौधरीले करिव एक घण्टा लगायर आफ्ना कविता कृतिहरुको बाचन गर्नु भएको थियो । सालीन ब्यक्तित्वका रुपमा देखिएका वसन्त चौधरीको कविताले हलमा उपस्थित आमन्त्रितहरुलाई मन्त्र मुग्न बनाएको थियो । कविता बाचन सकिए पछि प्रश्नोत्तरमा उपस्थितहरुले राखेको जिज्ञासामा आफु ब्यापारीक घरानामा जन्मे हुर्के पनि आफुले ब्यबसायलाई भन्दा पनि साहित्यलाई माया गर्ने बताउनु भएको थियो । कार्यक्रमको शुरुमा उहाँको आज सम्मको कृतिको डकुमेन्ट् प्रदर्शन गरिएको थियो ।

आयोजक नेपाली साहित्य समाज क्यानडाले कवि बसन्त चौधरीलाई समाजको तर्फबाट सम्मान गरेको थियो भने काब्य यात्राका तर्फबाट आभार स्वरुप प्रतिक आयोजक संथाका सभापति रविन थपलिया मार्फत कवि चौधरीले प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा महामहिम राजदुत भृगु ढुंगानाकी धर्म पत्नी संगिता ढुंगाना, क्यानडाका लागि महाबाणिज्य दूत डा.कुन्जर शर्मा, बिभिन्न संघ संथाका प्रतिनिधिहरु, पत्रकारहरु लगायत जिटिए भित्र बसोवास गर्ने नेपाली समूदायका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व नेपाली साहित्य समाजका अध्यक्ष रविन थपलियाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन सोहि समाजका महासचिव खेम गुरागाँईले गर्नु भएको थियो । सम्पूर्ण कार्यक्रमको संयोजन डा.गोबिन्द सिंह रावतले गर्नुभएको थियो ।

कार्यक्रम समापनको भोलिपल्ट आज कबि वसन्त चौधरीले आफ्नो सामाजीक संजाल फेसबुक मार्फत आफ्नो विश्व काब्य यात्रा सफल पार्न सहयोग गर्ने क्यानडाबासी सम्पूर्ण महानुभावहरुमा हृदयदेखिनै धन्यवाद ज्ञानपन गर्नु भएको छ ।