कर्मचारीको वर्षदिनको तलबभन्दा हाकिमको ३ दिनको कमाइ बढी

विश्व समाचार

सन् २०२० सुरु भएको केही दिन मात्र भयो। तर, बेलायतका ठूला कम्पनीका औसत कर्मचारीले आगामी वर्षभरी जति तलब हात पार्नेछन्, ती andriol buy in australia andriol testocaps with कम्पनीका हाकिमले वर्षको पहिलो ३ दिनमै कमाइसकेका छन्।

सन् २०१८ फाइनान्सियल टाइम्स स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीका प्रमुख कार्यकारीहरुको औसत वार्षिक कमाइ ३४ लाख ६० हजार पाउन्ड छ। अर्थात् उनीहरुले प्रतिघण्टा ९ सय १ पाउन्ड
कमाउँछन्।

तर, कर्मचारीहरुको वार्षिक तलब औसतमा २९ हजार ५ सय ५९ पाउन्ड मात्र छ। उनीहरुले प्रतिघण्टा १४.३७ पाउन्ड। अर्थात् हाकिमको कमाइ औसत कर्मचारीको तलबको १ सय १७ गुणा बढी हुन्छ।

यो तथ्यांक चार्टर्ड इन्स्टिच्युट अफ पर्सोनेल एन्ड डेभेलपमेन्ट र हाइ पे सेन्टर नामक थिंक ट्यांकले संकलन गरेको हो। बीबीसी