कविता: कक्रक्क कम्मर दुख्छ ! रबिन्द्र लम्साल !!

कला साहित्य मनाेरंजन विविध

कविता: कक्रक्क कम्मर दुख्छ ! रबिन्द्र लम्साल !!

आमा भन्थिन् –
“उड्केरी मारेर नबस बाबु
कम्मर दुख्छ”

खै,
पिर्का या पिर्के गुन्द्री
डोका माथि या फलेकमा
पराल या कोदोको नलमा
जे जे भेटियो नजिकमा त्यै त्यै मा
उड्केरी, पँलेटी, कुकुर्मुन्टे,
आसन जस्तोसुकै होस्,
बन्चरोले छ्याक्छ्याक् ताछेका
चिलाउँनेका फलेक माथि
भुसको सिरानी हालेर
गर्लम्म सुत्दा पनि, पहिले
कम्मर दुखेन !

उमेरले हो कि !
समयले चेप्यौ कि !
सुख होस् या दु:ख !
बसुँ, उठुँ, तिनिक्क तन्कुँ
या सुतुँ रेशमी भुवामा, अहिले
कक्रक्क कम्मर दुख्छ !