“कविता को वारेमा कविता” ई. मानकाजि जेना

कला साहित्य मनाेरंजन

स्कुलमा पढदा, सोझो रेखा सबभन्दा छोंटो,
क्लेजमा पढदा, सोझो रेखा सबभन्दा लामाे,
स्कुलमा पढदा, प्रकाश वांगिदैन ,सोझो भनिन्छ
क्लेजमा पढदा, प्रकाश वांगिने , वांंगो भनी प्रमाणीत गरिन्छ,
स्कुलमा पढदा, सन्तोषम परमम् सुखम्ः
क्लेजमा पढदा, असन्तोषम परमम् सुखम्ः
अर्थात, पहिले र पछिमा वा भनौ आदि र अन्त्यमा
हुने रै’छ ठीक, उल्टो पाल्टो ।


यसो वुझील्याउंदा, वास्तवमा,
यो लागुहुने रै’छ, हर क्षेत्र हरुमा


जस्तै, लभ गर्नु अघि र लभ गरी सकेपछि
अनि विहा गर्नु अघि र विहा गरी सकेपछि
वच्चा पाउनु अघि र वच्चा पाइसकेपछि
क्यानाडा आउनु अघि र यहां आइसकेपछि

Advertisement:


हेर्नाेस्त, आकाश जमिनको फरक परेको
र फेरी फेरी त्यसो गर्न मन नलागेको ।
तर अपवादमा यो कविगोष्ठी मात्रै हो कि परेको ?
किनकि ! पछि, अर्को गरुं ,गरुं सबैलाइ लागेको।।


कविता अव त लेख्दिन भन्छु
छेपारोको आहान लाइ पनि माथ गरेछु
किनकि , अझ पनि लेख्दै छु ,
वेला न कुबेलामा कविता पाठ पनि गर्दैछु ।


मान्छेले मान्छे जन्माउन कति गाह्रो ?
मान्छे ले अमान्छे, (जस्तै कविता) जन्माउन झन साह्रो
किनकि, बच्चाहरु आफसे आफ बढदै जाने
कविताहरु विना पारखी त्यसै थन्कि वस्ने।

कवि गोष्ठी ( वा पहिले र पछि ) २०१९ डिसेम्वर २८, भ्यानकुवर क्यानाडा।
(शब्द १२०, हरप १८)