कसैसग सल्लहै नगरी सरकारले सुटुक्क २० अर्ब कर छुट दिएकाे रहस्य बाहिरिएपछि….

नेपाल समाचार

सरकारले माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ।मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युतआयोजनालाई कर छुट दिइएको हो।

सञ्चारमन्त्री गोकुल बास्कोटाले हरेक साता सार्वजनिक गर्ने मन्त्रिपरिषद् निर्णयमा यो विषय उल्लेख गरेका छैनन्।यसको अर्थ सरकारले कर छुटको विषय सार्वजनिक गर्न नचाहेको स्पष्ट छ भनेर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।मन्त्रिपरिषद्को निर्णयबाट २० अर्ब राजस्व नोक्सान भएको छ। यति ठूलो परिमाणमा कर छुट दिएको सम्भवतः पहिलोपटक हो।