काँग्रेस सभापति देउवाद्धारा प्रवासी नेपालीको अवस्था बुझन भिडियो सम्बाद सम्पन्न।

NRNA क्यानडा विशेष प्रवास

टोरोन्टो क्यानाडा।

नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको कारण विश्वभर रहेका नेपालीहरुको अवस्था र उनिहरुमा परेको प्रभावका बारेमा जानकारी लिन भिडियो सम्बाद गरेका छन् ।

हिजो गरिएको भिडियो सम्बादमा देउवाले नेपाली जनसम्पर्क समितिका सभापतिहरु, काँग्रेसका सुभेच्छुकसंस्थाहरु, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु तथा प्रवासमा रहेका बिभिन्न संस्थाका प्रतिनिधिहरुसंग कुराकानी गरेका थिए । 

भिडियो सम्बादमा देउवाले विश्वभर रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी लिंदै सबैलाई सुरक्षीत भएर रहन आग्रह गरे । 

देउवाले कोरोनाको संक्रमणका बिच प्रवाशमा रहेर नेपालीहरुलाई सहयोग गरेकोमा जनसम्पर्क सममिति, सुभेछुक संस्था र अन्य संघसंस्थाहरुलाई धन्यवात दिए साथै देउवाले कोरोनाको कारण प्रवाशमा ज्यान गुमाएका नेपालीहरु प्रति समवेदना प्रकट गरे । 

सहभागी मध्यका एक जन सम्पर्क  समिति क्यानडाका सभापति बुद्धि प्र  ओलिले हालको विषम परिस्थितिमा पनि जन सम्पर्क समिति क्यानाडाले हाल गरेका कामहरु तथा भबिस्यमा गरिने कामको बारेमा पार्टी सभापतिलाई जानकारी दिएको बताउनु भयो भने अर्का सहभागी स्विडेनका सभापति नवीन थपलियाले पार्टी सभापति कोरोनाको कारण नेपाल र बाहिर बस्ने नेपालीको बारेमा चिन्तित रहेको बताउनु भयो।

भिडियो सम्बादमा नेपाली काँग्रेसका तर्फबाट उपसभापति बिमलेन्द्र निधि, नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, नेपाली काँग्रेसको जनसम्पर्क बिभाग प्रमुख गोबिन्द भट्टराई समेत जोडिएका थिए ।

सम्बादमा गैरआवासीय नेपाली संघका पुर्व उपाध्यक्ष कुल आचार्य र पुर्व कोषाध्यक्ष हिक्मत थापा, एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष तथा सामाजीक अभियन्ता दिल गुरुङ, नेपाली जनसम्र्क समिति अमेरीकाका सभापति आनन्द बिष्ट, बेल्जीयमका गंगाधर पराजुली, जर्मनीका शिखर खडका, भारतका बालकृष्ण पाण्डे, लण्डन निवासी पत्रकार तथा एनआरएन अभियानका अभियन्ता चिरन शर्मा, कृष्ण गिरी अस्ट्रेलीया लगायत नेपाली जनसम्पर्क समितिका वर्तमान तथा पुर्व पदाधीकारीहरु, गैरआवासीय नेपाली अभियानकर्मीहरु र काँग्रेसका सुभेछुक संस्था लगायतका झण्डै एक सय जनाको सहभागीता रहेको थियो ।