काठमाडौँ मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना

क्यानडा विशेष नेपाल समाचार स्वास्थ्य

शेयर गर्नु होस ।

काठमाडौँ/काठमाडौँ मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ देखि ३२ वर्षसम्मका तीन जना महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘प्राप्त जानकारी अनुसार उनीहरु चारैजना स्वास्थ्यकर्मी हुन्’, नियमित प्रेस ब्रिफिङका क्रममा डा. देवकोटाले मंगलबार भने।