काठमाडौंमा रहेका आफ्ना दुईजना नागरिकलाई भुटानले स्वदेश लग्यो

नेपाल समाचार स्वास्थ्य

भुटानले आफ्ना दुई जना नागरिकलाई आज शनिबार नेपालबाट भुटान फिर्ता लगेको छ ।

एकजना पाइलट र एकजना अभिनेत्रीलाई उद्धार गरी भुटान लगिएको हो । शनिबारकाठमाडौं आएर उनीहरुलाई लगेको छ ।

शनिबार बिहान ७ः५३ बजे काठमाडौं आइपुगेको त्यहाँको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले उनीहरुलाई ९ बजे लिएर फर्केको हो ।

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेर स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई ९ बजे लिएर फर्केको हो ।

उनीहरुले ठमेलमा रहेको सार्क अफिसमार्फत् आफ्नो देशको परराष्ट्र मन्त्रालयलाई उद्धारका लागि अपिल गरेका थिए ।