कामिरिता शेर्पाले तोडे आफ्नै विश्व रेकर्ड , २३ औं पटक सगरमाथाको चुचुरोमा

नेपाल समाचार

कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्वकिर्तिमानलाई तोड्दै २३ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा आज बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ । उनले सेभेन समिट ट्रेक्स कम्पनीबाट आरोहण गरेका हुन् ।

सोलुखुम्बुका कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन् । कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढेका थिए ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताउदै आएका छन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।