कालीमाटी वृत्तका दुई प्रहरी अधिकारीमा कोरोना पुष्टि, मातहतको ६ इकाइ सिल

नेपाल समाचार

काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सि-ल- गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरका अनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

सबैमा गरेर २ सय बढी कर्मचारी कार्यरत रहेको र अब सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहको उहाँले बताउनुभयो। टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना संक्रमण देखिएको हो।

दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए ।