काेभिडका कारण स्थगित “नलेज सम्मेलन” सेप्टेम्वरकाे पहिलाे साता क्यानडामा ।

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

काेभिडका कारण स्थगित नलेज सम्मेलन सेप्टेम्वरकाे पहिलाे साता क्यानडामा हुने भएकाे छ । गैर आवासीय नेपाली हरु को संगठन एनआरएन नर्थ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठी को अध्यक्षतामा हिजाे जुलाइ ०२ तारिख बिहिवार बसेको डिआर सी, आइसिसी सदस्य मानार्थ आइसिसी सदस्य तथा एन सी सी का अध्यक्ष महासचिव सहित को बैठक बाट आउँदो सेप्टेम्बर को पहिलो हप्ता मा क्यानडा मा नलेज कन्फरेन्स गर्ने सर्वसम्मत निर्णय गरेकाे जानकारी एनआरएन क्यानडाका महासचिव पिताम्वर भट्टराइले जानकारी गराएका छन् ।

कोरोना भाइरसको संक्रमण बाट गत जुन २० र २१ मा गर्ने भनिएको उक्त नलेज सम्मेलन स्थगित गरिएको थियो । बैठकमा उपस्थित सम्पुर्ण सदस्यले अमेरिकाको अधिवेशन लाई भव्य सफलका लागि शुभकामना सहित सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने समेत जनाएका छन् । सेप्टेम्बर ५ मा गर्ने कार्यक्रम लाई भव्य सफल बनाउन छिट्टै बिभिन्न कमिटीहरूको गठन गरिने जानकारी आर सी राजन त्रिपाठीले गराएका छन् ।