काेभिड-१९, अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक मुख्य सहयोगी कोरोनाभाइरस सङ्क्रमित

Breaking विश्व समाचार स्वास्थ्य

एमखवर सम्वाददाता, ०९ मे, २०२० । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो।

उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ।

ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन “हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेको” कार्यालयले जनाएको छ।

याे समाचार तयार पार्दा सम्म अमेरिकामा संक्रमितकाे संख्या १३ लाख २२ हजार १ सय त्रिसट्ठि पुगेकाे छ भने ७८ हजार ६१६ काे मृत्यु भै सकेकाे छ ।