किन नेपाल आँउदैछिन् बलिउड सुन्दरी नायिका आलिया भट्ट ?

मनाेरंजन

शेयर गर्नु होस ।

काठमाडौँ/आलिया भट्ट नेपाल आँउने भएकी छन् ।प्रथम भारतीय सगरमाथा आरोही महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न आलिया सगरमाथा क्षेत्र आउने भएकी हुन् ।सिंहमाथि लेखिएको ‘बर्न अगेन अन द माउन्टेन’ पुस्तकमाथि बन्न लागेको फिल्मको छायांकन सगरमाथा आधार शिविरमा हुने भएको हो ।

चोरहरूले गुडिरहेको रेलबाट फ्याँकेपछि देब्रे खुट्टा गुमाएकी सिंहले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकि थिइन् । सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला बन्न सफल सिंह सन् १९८८ मा जन्मेकी थिइन् ।

धर्मा प्रोडक्सन र विवेक अग्निहोत्रीको डर प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको युनिट सन् २०२० मा फिल्म छायांकनका लागि सगरमाथा क्षेत्रमा आउने समाचारमा जनइएको छ । आलिया यति बेला प्रेमी रणवीर कपुरसँग हालिडे मनाउन युरोप गएकी छन् ।