कविता
रबिन्द्र लम्साल,
टोरोन्टो, क्यानडा
न कृति पाएँ, न धन कमाएँ
छोडेर देश, किन लाहुर आएँ
कुल्चेर डोब, आँफैले खनेको
कतै हिँड्ने आँफ्नै, बाटो बिराएँ
माटो मलिलो, थियो साथ उस्तै
न फूल रोपेँ, न त प्रित लाएँ
बिर्सेर भोक, निदरी अँनिदो
यो मरूस्थलमा, के खान पाएँ
न भुल्न सकेँ, न त घुल्न सकेँ
पहिचान आँफ्नै, दोसाँध बनाएँ
न कृति पाएँ, न धन कमाएँ
छोडेर देश, किन लाहुर आएँ !