किमकी बहिनी उत्तर कोरियाको आगामी शासक

विश्व समाचार

उत्तर कोरियामा नेता किम जोङ उनको शा’सनपछि उनको परिवारबाटै अर्को सदस्य किमकी बहिनीलाई अघि सारिएको छ ।पार्टीमा व’रियताक्रम अनुसार बहिनी किम यो जो जोङ माथिल्लो त’हमा भएकाले पनि उनलाई सम्भावित उ’त्तराधिकारीको रुपमा अघि सारिएको हो ।

३० वर्षीया यो दाजु किमसँगै डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिसँगको वा’र्तामा पनि उपस्थित थिइन् ।जहाँ उनले आफ्ना दाईको तर्फबाट दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनको निमन्त्रणमा व्यक्तिगत सन्देश दिएकी थिइन् ।

यससँगै पु’रुससत्ताले ज’कडिएको समाजमा उनी सम्भवतः सबैभन्दा श’क्तिशाली महिलाको रुपमा उ’दाउने सम्भावना रहेको भनी दक्षिण कोरियाली मिडियाले लेखेका छन् । जब कि, उत्तर कोरियामा शा’सन ह’स्तान्तरणको जि’म्मेवार र’क्त नातालाई नै मानिदै आएको छ ।

किमकी बहिनीबारे केही टिप्पणी भने यस्ता पनि छन् कि, यहाँ महिलाको शा’सन खासै रुचाइँदैन । जसले गर्दा किमकी बहिनी योको शा’सन सिमित हुनसक्ने केही विज्ञको टिप्पणी छ । उत्तर कोरियाको शा’सन एकै परिवारको तेस्रो पुस्तामा चलिरहेको छ ।

राज सं’स्थाकै शै’लीमा किमका हजुरबाले ने’तृत्व गरेको शा’सन किमका बाबु हुँदै किमले २०११ म स’म्हालेका हुन् ।दोस्रो वि’श्वयुद्धपछि नै किमका हजुरबाले स्व’तन्त्रता ल’डाइँको ने’तृत्व गर्दै देशको सर्वोच्च नेता बनेका थिए । हाल किमले उत्तराधिकारी घो’षणा नगरेका बेला, उनको स्वास्थ्य बारे अनेक टिप्पणी भइरहँदा पार्टीमा है’सियतका आधारमा शा’सनसत्ता स’म्हाल्ने आगामी शा’सकको रुपमा उनकी बहिनीबारे समाचार आउन थालेका छन् ।