किमको मृत्युको हल्ला चलिरहँदा हरियो रेल राजधानी बाहिर भेटियो

Breaking

उत्तर कोरियाका शासक किम जोंग–उनको मृत्यु भएको हल्ला चलिरहेका बेला एउटा विशेष हरियो रेल एक रिसोर्टमा भेटिएको छ ।

हाल किमको मृत्यु भएको खबरहरु सार्वजनिक भइरहँदा किमले चढ्ने गरेको रेल राजधानी प्योङयाङ बाहिर गएको पाइएको हो । यद्यपि समूहले उनी वोनसनमा थिए कि थिएन भन्ने रोयटर्सले स्पष्ट रूपमा त्यो पुष्टि गर्न सकेको छैन ।

बासिङ्टनमा आधारित उत्तर कोरिया निगरानी परियोजना ‘३८ नर्थ’ले भूउपग्रहमार्फत खिचेको तस्बिरहरु सार्वजनिक गर्दै किमले चढ्ने गरेको हरियो रेल २१ र २३ अप्रिलमा ओनसानस्थित लिडरसिप स्टेसनमा रोकिएको देखिएको बताएको छ ।

‘ट्रेनको उपस्थितिले उत्तर कोरियाली नेताको ठ्याक्कै प्रमाणित गर्दैन वा उनको स्वास्थ्यको बारेमा केहि पनि संकेत गर्दैन तर किम देशको पूर्वी तटमा रहेको कुलीन इलाकामा बसिरहेको छ भन्ने रिपोर्टले यसले वजनलाई असर पुर्‍याउँदैन,’ प्रतिवेदनमा भनिएको छ ।

उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो ।

चीनले किमको उपचारका लागि चिकित्सा विशेषज्ञहरू लगायत एउटा टोली उत्तर कोरियामा पठाएको छ । उत्तर कोरियाली संचारमाध्यमले समेत हालसम्म किमको अवस्थाको बारेमा कुनै जानकारी दिएको छैन ।