कुलमान घिसिङले लिए पुनः बिधुत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी। सर्बत्र खुसी र स्वागत ।।

Breaking नेपाल समाचार

शेयर गर्नु होस ।

एमखबर सम्बाददाता, काठमाडौं। ११अगष्ट, २०२१। कुलमान घिसिङले करिब ११ महिनापछि दाश्राे पटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन् । बुधबार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र आजै बुझाएकि थिइन्।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा पहिलो पटक २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङले  आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए ।

घिसिङ पहिलो पटक नियुक्त हुँदा प्राधिकरणको घाटा करिब ३५ अर्ब रुपैयाँ थियो भने उनको   कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

फाेटाे: कान्तिपुर अनलाइन