केपी ओलीलाई साधारण सदस्यबाट पनि हटाइयो

नेपाल समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारबाही गरेको छ।

शुक्रबार सकिएको स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको स्थायी कमिटी सदस्य गाणेश साहले जानकारी दिए।

यसअघि प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टी अध्यक्षबाट मात्रै हटाएको थियो । महासचिव विष्णु पौडेललाई भने कुनै पनि कारबाही गरेको थिएन। दुई दिनदेखी जारी स्थायी कमिटी बैठकले माघ १६ गते राजधानीमा विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

सरकारलाई प्रचण्ड र नेपाल चेतावनी – भारतले मिचेको भूमि फिर्ताका लागि वार्ता नगर्नू

नेकपा दाहाल-नेपाल समूहले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिएको छ। दाहाल-नेपाल समूहको पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतसँगको वार्ता अघि नबढाउन चेतावनी दिएको हो।

बैठकपछि viagra hilft nicht निर्णय सुनाउँदै दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले काम चलाउ सरकारले भारतसँग वार्ता गर्ने कुरा राष्ट्रिय हितविपरीत हुने बताएका छन्।

‘नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गराउन हामीले नै पहल र प्रयत्न गरेका थियौँ। तर सरकारले नक्सा छाप्ने कुरामा समेत ढिला गरेको थियो। प्रधानमन्त्रीलेसमेत यसमा ध्यान दिएका थिएनन्’, उनले भने, ‘तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर सरकार नै काम चलाउन बनिसकेको अवस्थामा यसलाई लिएर भारतसँग वार्ता गर्ने कुरा राष्ट्रिय हितविपरीत छ।’

नेकपा दाहाल-नेपाल समूहले यदि त्यसरी वार्ता गरिएमा आफूहरुलाई मान्य नहुने पनि चेतावनी दिएको छ। ‘काम चलाउ सरकारले दीर्घकालीन असर गर्ने कुनै पनि कुरामा भारतसँग वार्ता गर्नु हुँदैन, त्यो राष्ट्रिय हितविपरीत छ’, रावलले भने, यदि त्यसो गरिएमा त्यो वार्ता हाम्रा लागि अमान्य हुन्छ, हामी प्रतिरोधमा उत्रिने छौँ।’