केपी ओली अलमलमा: बामदेबलाई राख्ने कि रामबहादुरलाई च्याप्ने ?

Breaking नेपाल समाचार राजनीति

एम खबर, क्यानाडा। डिसेम्बर २३, २०२०। बामदेब गौतम र रामबहादुर बादल दुबैले गृहमन्त्रालय छाड्न नमानेपछि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छ्न्। गौतम र थापा दुबैले एउटा खुट्टा यता र अर्को खुट्टा उता राखेर बसेकाले प्रधानमन्त्री ओली चेपुवामा परेका हुन्। 

दुईपटक गृहमन्त्री भईसकेका र त्यसमा पनि एकपटक गृहमन्त्री हुँदा स्थानीय निकायका चुनावमा तत्कालिन एमालेलाई ठुलो सफलता दिलाएका गौतमको अनुभवलाई सदुपयोग गर्न ओली बामदेबलाई उपप्रधानमन्त्री सहित गृहमन्त्रालयको जिम्मेवारी दिन चाहिरहेका छ्न्। बामदेब आफैं पनि ओलीको उक्त प्रस्तावमा सकारात्मक नै छन् तर बर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर बादलले आफ्नो कित्ता क्लियर नगरेकाले बामदेब गौतम पर्ख र हेर को स्थितिमा छ्न्।

पार्टी फुटेकाले अब जीवनभर कहिल्यै प्रधानमन्त्री बन्न नपाईने स्थितिमा हात लागेको उपप्रधानमन्त्री छाड्न नहुने मनस्थितिमा छ्न्। कहिले बादल प्रचण्ड तिर लाग्लान् र आफ्नो तगारो पन्छेला भनेर खुट्टो उचालेर बसिरहेका छ्न्।

रामबहादुर बादललाई हटाएर बामदेब ल्याउँदा बादलले साथ छाड्ने र गृहमन्त्री बिना बामदेबले अरु मन्त्रालयमा आँखा नलगाउने भएपछि ओलीलाई बामदेब छान्ने कि बादल ? निकै अप्ठेरो परेको छ।

बादल समर्थक पूर्व माओवादी नेताकार्यकर्ताले बादललाई प्रचण्ड तिर लाग्नु पर्ने सुझाव दिएको अबस्थामा गृहमन्त्री बादल खाईपाई आएको सत्ता सुख छाड्ने कि कार्यकर्ताको कुरा सुन्ने मझधारमा फसेका छ्न्। उनी पनि बामदेबले के गर्लान् भनेर कुरेर बसिरहेका छ्न्। त्यसरी बामदेब गौतम र रामबहादुर बादल दुबै जोखाना हेरेर बदिदिँदा प्रधानमन्त्री ओलि अलमलमा परेका हुन्।