केहि देशबाट भारत पस्न अब नेपालीलाई भिसा चाहिने, साथै भारत हुदै नौ देश जान नेपाली दूतावासकाे सिफारिस पत्र (एनओसी) चाहिने ।

नेपाल समाचार

भारतीयहरु नेपाल आउन र नेपालीहरु भारत जान भिसा चाहिँदैन। नेपाली नागरिकता वा भिसा नभएको पासपोर्टमात्र भए पनि भारत जान पाइन्छ। भारत र नेपालबीच भएको पुरानो सन्धिका आधारमा यो सुविधा दुवै देशका नागरिकहरुले पाउने हुन्। हालैमात्र भारतस्थित नेपाली दूतावासले सार्वजीक सूचना जारि गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तान बाट भारत जान नेपाली नागरिकका लागि भिसा लिनु पर्ने र भारत हुदै अन्य नाै देशहरू साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक, लिबिया र लेबनान जानकाे लागि दूतावासकाे सिफारिस पत्र ( No objection letter) लिनु पर्ने सार्वजनीक सूचना जारि गरेकाे छ ।

यसले अब अबैध रूपमा ति देशहरूमा लैजाने र जाने नेपालीहरूकाे लागि भने कठिन हुने देखिन्छ । तर भारतिय नागरिकका लागि भने त्याे नियम लागु हुने छैन ।